शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘म्याक लुब्रिकेन्ट डिलर मिट’ कार्यक्रम सम्पन्न

आइतबार, ०१ साउन २०७४, १८ : २१
आइतबार, ०१ साउन २०७४

काठमाडौं – आफ्नो उत्पादनको बारेमा सम्पूर्ण जानकारीहरु दिने र आर्थिक वर्ष २०१६÷१७ को गतिविधि सम्बन्धि जानकारी दिनेउद्देश्य सहित म्याक लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले म्याक लुब्रिकेन्ट डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।

‘हाइयर, फाष्टर, स्ट्रङगर, टुगेदर’ भन्ने मूल विषयमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रम यही जुलाई ६ मा रमायाना रिसोर्ट, बाली, इन्डोनेसियामा सम्पन्न भएको थियो ।
आयोजकका अनुसार उक्त कार्यक्रममा नेपालका विभिन्न स्थानहरुबाट डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का विशिष्ट पदाधिकारीहरु लगायत कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफ्नो ब्यक्त गरे । 
यसैगरि कम्पनीका नायब महा प्रबन्धक रोशन कुमार श्रेष्ठले कम्पनीकोे पछिल्लो समयको गतिविधिहरुलाई प्रस्ट पारेको थियो भने, कम्पनीको भावी योजना र तयारीहरुका बारेमा समेत जानकारी दिएको थियो । यसका साथै उनले नेपालमा लुब्रिकेन्ट विभाग र उद्योगसँग सम्बन्धित विभिन्न विषयहरुमा समेत आफ्ना विचारहरु ब्यक्त गरे ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप