बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साताको अन्तिम दिन सेयर बजारमा गिरावट, कारोबार न्युन

बिहीबार, १० साउन २०७५, १५ : ४८
बिहीबार, १० साउन २०७५

काठमाडौं – साताको अन्तिम कारोबार दिन (बिहिबार) सेयर बजार ३.१५ अंकले घटेको छ । कारोबार पनि न्युन भएको छ । आज १९ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस दिन १६३ कम्पनी कारोबारमा आएका थिए । होटल समुह बाहेक सबै समुहमा गिरावट आएको छ  । होटल समुह भने ४४.५४ अंकले बढेको छ  ।

सबैभन्दा बढी जीवन बिमा तर्फ ४९.०८ अंकले घटेको छ । अरु समुहहरुमा पनि गिरावट देखिएको छ ।

ब्जार घट्दा आज सबैभन्दा बढी नबिल बैंकको एक करोड १९ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

दोस्रोमा नेपाल लाइफ इन्सुरेन्सको ८३ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सको ७२ लाख १५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप