शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी अपहरणको आंशका

आइतबार, १३ साउन २०७५, ०९ : ३३
आइतबार, १३ साउन २०७५

रौतहट –जिल्लाको कटहरिया नगरपालिकामा नाबालक अपहरणपछि हत्या भएको २ महिना नबित्दै अर्का एक एक विद्यार्थीको पनि अपहरण भएको आशंका छ ।

कटहरिया नगरपालिका २ साबिक घरभई कटहरिया ५ बस्दै आएका अहेव शंकर यादवको छोरा १४ बर्र्षीय छात्रको अपहरणको आंशका गरिएको हो । 

प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा कार्यरत अहेव यादवका छोरा शनिवार दिउँसो १२ बजेदेखि सम्पर्कबिहिन भएका आर्दशको हालसम्म कुनै सुराक नलागेको परिवारले जनाएको छ ।

बाबु यादवका अनुसार शनिवार बिहान ११ बजेसँगै बसेर घर बाहिर निस्केर राती ८ बजे सम्म पनि आदर्श घरमा फर्केर नआएपछि घर परिवारलाई अपहरणको आशंका लागेको छ ।

ईलाका प्रहरी कार्यालय कटहरियामा खबर गरेपछि प्रहरीको टोलसँगै कटहरिया आसपासका शंकास्पद सबै ठाँउमा खोज तलास गर्दा पनि आर्दशको कुनै सुराक न लागेको यादवले बताए । 

जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बेपत्ता आर्दशको खाजी भईरहेको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप