शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए  चीनको अध्यक्ष पदमा नबिन बिकको उम्मेद्वारी

सोमबार, ०२ साउन २०७४, ०९ : २०
सोमबार, ०२ साउन २०७४

विजय थापा
वाशिंगटन डीसी (चितवन स्थायी घर भएका नबिन बिकले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवार दिने भएका छन् ।  एनआरएन चीनमा स्थापनाकालदेखिनै कोषाध्यक्षको रुपमा आफूले एनआरएनको यात्रा शुरु गर्दै अहिले सम्मको एनआरएन यात्रामा दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष जस्तो गरिमामय पदमा काम गरि सकेको अनुभवले आफु अब अध्यक्ष पदमा उम्मेदवार दिने निर्णयमा पुगेको उनले बताएका छन् । 
सन् २००२ मा उनि दुबई गएर २ बर्ष त्यहाको प्रसिद्ध घड़ी कम्पनि रिभोली ग्रुपमा सेल्सम्यान९बिक्रिकर्ता ० को रुपमा बैदेशिक रोजगारको शुरुवात गरेको उनले  बताए ।  राम्रो कमाई हुँदाहुदै पनि दुबई मेरो लागि हैन , म यो भन्दा अरु नै तर यो भन्दा ठुलो कामको लागी जन्मेको हुँ भन्दै उनी सन् २००४ मा नेपाल फर्केका थिए । 

त्यस पछि नेपाल बसाई क्रममा केही समय चाईनिज भाषा पढाउने क्रममा केही ब्यापारीको सम्पर्कमा आए ।  ीब्यापारीले नै चीन जान सुझाब दिए पश्चात, २००५ मा चीनको औघोगिक शहर गोन्जाउ पुगेका थिए उनी ।  

उनले गोन्जाउ मा दुई वटा नेपाली नामका चमेना गृह कस्तूरी रेस्टोरेन्ट एण्ड बार र अर्को नमस्ते किचन तथा दुई वटा नाइट क्लब९रात्री क्लब ० खोली नेपालका धेरै जनालाई रोजगारको अबसर प्रदान गरेका थिए ।  अहिले कार्य ब्यस्तताले यी कार्यहरुलाई पार्टनरहरुको जिम्मा लगाई आफु स्टीलपाईप, स्टिलका भाडकुडाहरु , नन उभन फेब्रीक , र धागा बनाउने मेशीन बनाएर निर्यात गर्न ब्यस्तरहेको बताउँछन।

यसको साथै सन् २००५ साल देखि फाईभ स्टार ईन्टरनेशनल ग्रुप लिमिटेड ९हङकङ० को प्रबन्ध निर्देशक को रुपमा अहिले सम्म नेपाल,भारत ,बंगलादेश, खाड़ी मूलुक र अमेरिका लगायत अन्य देशहरुमा सामानको निर्यात गर्दछन ।   


अध्यक्ष पद मै किन उम्मेदवारी भनि जिज्ञाशा राख्दा उनी भन्छन, एनआरएन चीन को हाल सम्म पनि दर्ता हुन सकेको छैन ।  र हाम्रो आधिकारीक कुनै कार्यालय पनि छैन । आफु अध्यक्ष पदमा निर्वाचित भएमा सबै भन्दा पहिला एनआरएन दर्ता गर्ने र कार्यालयको ब्यबस्था गर्ने आफ्ना मुख्य कार्यसूची तथा प्रतिबद्धता रहेको बताए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप