मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा कार्यरत नेपाली महिला मृत फेला

सोमबार, १४ साउन २०७५, १० : ५२
सोमबार, १४ साउन २०७५

अर्घाखाँची– युएईको दुबईमा कार्यरत अर्घाखाँचीकी एक महिला मृत फेला परेकी छिन् ।   सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार स्थायी ठेगाना भएकी  ३९ वर्षीया रिता खनाल काम गर्दै आएको कम्पनीको बाथरूममा मृत अबस्थामा फेला हुन् । 

 दुबई स्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ बर्षदेखि काम गर्दै आएकी उनी कम्पनीको बाथरूम भित्र मृत अवस्थामा फेला परेको अर्घाखाँची दुबई सम्पर्क मन्चका अध्यक्ष राजु खड्काले  जानकारी दिए ।
 
मृतकको शबलाई हाल पोष्टमाट्मका लागि शारदास्थित  सरकारी अस्पतालमा  राखिएको र घटनाबारे नेपाली दूतबासलाई जानकारी भैसकेको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप