शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

"अन्तर कलेज भिडियो प्रतियोगिता २०१८" को उपाधी थापाथली क्यामपसलाई

सोमबार, १४ साउन २०७५, १८ : १८
सोमबार, १४ साउन २०७५

काठमाडौँ । अन्तर कलेज भिडियो प्रतियोगिता २०१८ को उपाधी थापाथली क्यामपसले जितेको छ ।

स्ट्यरक्लाईम्बिङ्ग ह्वील चियर समूहले प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल भई नगद १ लाख जितेको छ ।

प्रतियोगिता प्याकएशियाले म्याकक्वोरी विश्वविद्यालयसँग मिलेर आयोजना गरेको थियो भने ग्लोकल प्रा. लि.द्धारा डिजाइन गरिएको थियो ।

सोहि समुहका सदस्यहरूस् सरोज महर्जन, रुपेन्द्र अर्याल र रमेश कुमार श्रेष्ठद्वारा निर्मित भिडियोमा अपाङ्गता भएका व्यक्तिहरुले भोग्ने गरेको दैनिक समस्याहरुलाई ध्यानमा राखी भर्याङ्ग चड्ने साधनको निर्माण गरेको भिडियोको कारण प्रतियोगिता जित्न सफल भएको हो ।

प्रतियोगितामा १५ कलेज बाट जम्मा ३० समुहले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य शीर्षक “नेपाल निर्माणमा भविष्यका इन्जिनियर” रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप