शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन लगाईन्छ साउनमा हरीयो चुरा र मेहेन्दी ?

सोमबार, ०२ साउन २०७४, ११ : २५
सोमबार, ०२ साउन २०७४


कपिलवस्तु– साउन महिना सुरु भएसँगै कपिलवस्तुमा हरियो चुरा र मेहेन्दीको व्यापारमा वृद्धि भएको छ । महिलाले साउन महिनामा हरियो चुरा लगाउने परम्पराकै कारण हरियो चुरा र मेहन्दीको व्यापारमा वृद्धि भएको हो । जिल्ला सदरमुकाम तौलिहवा लगायत जिल्लाका प्रमुख बजारहरुका शृङ्गार पसलहरुमा यतिवेला महिलाहरु हरियो चुरा र मेहेन्दीका समाग्री खरिदका लागि ब्यस्त देखिन्छन । अन्य महिनाको तुलनामा साउन महिनामा हरियो चुरा,मेहेन्दी र शृङ्गारिक सामानहरु राम्रो बिक्री हुने गरेको बिक्रेताहरुको भनाई छ ।
साउन महिनामा महिलाहरुको हरियो चुरा र पोसाकप्रतिको आकर्षणका कारण अहिले कपिलवस्तुका बजारमा  चुरा,मेहेन्दी र शृङ्गारिक सामानको ब्यापार बढेको हो ।
बनगाई बजारमा श्रृङ्गार पसल सञ्चालन गदैै आएकी रश्मी गिरीले श्रावण १ गते मात्र २० हजार आम्दानी भएको बताईन् । बर्षभर खासै व्यापार नभएपनि साउन महिनामा भने राम्रो आम्दानी हुने गरेको उनको भनाई छ ।
हरियो चुरा र हरियै लुगा साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेको छ । साउन महिनामा हरियो चुरा र पोते लगाउने प्रचलनका बिषयमा कुनै तथ्य नभए पनि पछिल्लो समयमा यो एउटा फेसनको रुपमा विकास भइरहेको छ । कलेज पढ्ने छात्राहरुले समेत हातभरि मेहेन्दी र नाडीभरि हरियो र पहेलो रङगको चुरा लगाउन थालेका छन् ।साउन महिनामा हरियो पोते र रातो समिश्रण गरी लगाइन्छ ।अझ हत्केलामा जति बढी गाढा मेहेन्दीको रंग बस्यो उति नै श्रीमानको माँया पाइन्छ भन्ने विश्वास छ ।
नेपाली बजारमा अधिकांश चुरा र मेहन्दी भारतीय बजारबाट आयात हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप