बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमाले र काङ्ग्रेसबीच ३० हजारको मतान्तर : चुरे भावरले ल्यायो मात्रै २ मत

सोमबार, ०२ साउन २०७४, ११ : ४५
सोमबार, ०२ साउन २०७४

काठमाडौँ, दोस्रो चरणको स्थानीय तहको मतगणना परिणाम हेर्दा एमाले र काङ्ग्रेस बीच ३० हजारको मतान्तर देखिएको छ । प्रदेश नं. १, ५ र ७ का ३ सय २९ स्थानीय तहमा राजनीतिक दलले पाएको मत सङ्ख्या हेर्दा एमाले र काङ्ग्रेस सँगसँगै देखिएका छन् । 


एमालले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा १४ लाख ८९ हजार ७ सय ८९ मत पाएको छ भने नेपाली काङ्ग्रेसले १४ लाख ५९ हजार ९ सय ६६ मत पाएको छ । 
यस्तै माओवादी केन्द्रले ७ लाख २ हजार ३ सय १५ मत पाएको छ भने राप्रपाले १ लाख ५३ हजार ५ सय ६९ मत ल्याएको छ । पाँचौँ स्थानमा रहेको सङ्घीय समाजवादी फोरम नेपालले १ लाख ३९ हजार ९ सय ५७ मत प्राप्त गरेको छ । 


यस्तै मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले १ लाख २३ हजार १ सय १ मत प्राप्त गरेको छ । 


दोस्रो चरणको चुनावमा सहभागी ३३ दलमध्ये ६ दलले १ लाख मत कटाएका छन् भने ६ दलले हजार सङ्ख्याभित्रको परिणाम ल्याएका छन् । २१ दलले हजारको सङ्ख्यामा पनि भोट तान्न सकेनन् । उनीहरूले ९ सयभन्दा मुनिको भोट सङ्ख्यामा खुम्चिएका छन् । तल प्रस्तुत दलहरूले विभिन्न पदमा पाप्त मत आँकडामा खुल्ला सदस्य पदको आँकडा भने समावेश गरिएको छैन । 

२१ साना दलले हजार मत पनि पुर्याएनन् 
साना दल केवल नाम मात्रका र दलको सङ्ख्या सूची बढाउनका लागि उपयुक्त देखिएका छन् । उनीहरूको जनआधार अत्यन्त कमजोर देखिएको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये ३ सय २९ तहमा पाएको कूल मत जोड्दासमेत २१ साना दललका उम्मेदवारले १ हजार मत पुर्याउन सकेका छैनन् । काठमाडौँ महानगरमा तेस्रो स्थान ल्याएको अन्य स्थानमा समेत राम्रो मत ल्याउने दाबी गरेको विवेकशील नेपाली दललाई जनताले पत्याएनन् । यो दलले प्रमुख पदमा २५ मत र वडा अध्यक्ष पदमा ६५ मत ल्याएको छ । 


यस्तै ४ साना दलले हजारमा अर्थात ४ अङ्कको मतपरिणाम हासिल गरेका छन् । यस्तै १ लाखभन्दा माथि मत ल्याउने ६ दल मात्र छन् । 

यस्तो छ दोस्रो चरणको चुनावमा दलले पाएको कुल मतसङ्ख्या 

१. नेकपा एमाले 
नेकपा एमालले दोस्रो चरणको निर्वाचनमा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा १४ लाख ८९ हजार ७ सय ८९ मत ल्याएको छ । यस्तै उपप्रमुख तथा उपाध्यक्षमा १४ लाख ८४ हजार ३ सय २५ मत पाएको छ । यस्तै वडा अध्यक्षमा १४ लाख ७७ हजार २ सय १८ मत, महिला सदस्यमा १५ लाख २ हजार ८ सय ९ मत, दलित महिला सदस्यले १४ लाख ८४ हजार ४ सय ३६ मत ल्याएका छन् । एमालेमा सबैभन्दा बढी महिला सदस्यले मत पाएका छन् । 

२. नेपाली काङ्ग्रेस  
दोस्रो चरणको निर्वाचनमा पनि दोस्रो स्थानमा खुम्चिएको नेपाली काङ्ग्रेसले ३ प्रदेशका स्थानीय तहका प्रमुख तथा अध्यक्ष पदमा १४ लाख ५९ हजार ९ सय ६६ मत ल्याएको छ । यस्तै उपप्रमुख तथा उपाध्यक्षमा १२ लाख ९० हजार ९ सय १६ मत ल्याएको छ । वडाध्यक्षमा १४ लाख ९ हजार ८ सय १६ मत रहेको छ भने महिला सदस्यमा १३ लाख ७१ हजार १ सय ७२ र दलित महिला सदस्यमा १३ लाख ६१ हजार ८ सय २३ मत प्राप्त गरेको छ । 

३. माओवादी केन्द्र 
माओवादी केन्द्रले प्रमुख तथा उपाध्यक्ष पदमा ७ लाख २ हजार ३ सय १५ मत ल्याएको छ भने उपप्रमुख तथा उपाध्यक्षमा ७ लाख ४६ हजार ८ सय ५३ मत ल्याएको छ । यस्तै वडाध्यक्षमा ७ लाख ३४ हजार ६ सय ९५, महिला सदस्यमा ६ लाख ९९ हजार ४ सय ८२ र दलित महिला सदस्यमा ६ लाख ८७ हजार ६ सय ६७ मत प्राप्त भएको छ । 
 

४. राष्ट्रिय प्रजातन्त्र पार्टी  
दोस्रो चरणको चुनावमा राप्रपा छैटौँ स्थानमा पुगे पनि उसले पाएको कूल मतसङ्ख्या हेर्दा चौथो स्थान ल्याएको छ । स्थानीय तहका प्रमुख तथा अध्यक्षले कुल मत १ लाख ५३ हजार ५ सय ६९ मत ल्याएका छन् भने उपप्रमुख तथा उपाध्यक्षले १ लाख ४७ हजार ५ सय ३ मत ल्याएका छन् । 
यस्तै वडाध्यक्षमा १ लाख ६१ हजार २ सय ६२ मत प्रास्त भएको छ भने महिला सदस्यले १ लाख ४७ हजार १ सय ६४ र दलित महिला सदस्यले १ लाख २७ हजार १ सय ६३ मत ल्याएका छन् । 

५. सङ्घीय समाजवादी फोरम नेपाल 
सङ्घीय समाजवादी फोरम नेपाल दोस्रो चरणको निर्वाचनमा चौथो शक्ति बने पनि कूल मतसङ्ख्या जोड्दा पाँचौँ स्थानमा पुगेको छ । प्रमुख तथा अध्यक्ष पदमा १ लाख ३९ हजार उपप्रमुख तथा उपाध्यक्षमा १ लाख २० हजार ९ सय ९१ मत आएको छ भने वडाध्यक्षमा १ लाख ३१ हजार ९ सय ९ मत ल्याएको छ । यस्तै महिला वडा सदस्यमा १ लाख २८ हजार ५ सय ८४ मत र दलित महिला सदस्यमा १ लाख १८ हजार ९ सय ३६ मत प्राप्त भएको छ । 

६. मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक
यो दलले प्रमुख तथा अध्यक्षमा १ लाख २३ हजार १ सय १ मत र उपप्रमुख तथा उपाध्यक्षमा १ लाख २९ हजार ८ सय ९ मत ल्याएको छ । यस्तै वडाध्यक्षमा १ लाख २५ हजार ७ सय ४६ मत, महिला सदस्यमा १ लाख २१ हजार ७ सय ३४ मत र दलित महिला सदस्यमा १ लाख ९ हजार २ सय ८ मत प्राप्त गरेको छ । 

७. राष्ट्रिय जनमोर्चा 
दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका प्रमुखले कूल ३३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् भने उपप्रमुख तथा उपाध्यक्षले ३४ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । यस्तै वडाध्यक्षले ३७ हजार ५ सय ५७ मत, महिला सदस्यले ३६ हजार ८ सय ६१ र दलित महिला सदस्यले ३३ हजार १ सय ८९ मत प्राप्त गरेका छन् । 
८. नयाँ शक्ति पार्टी, नेपाल  
नयाँ शक्ति पार्टीका प्रमुख तथा अध्यक्षले कुल १९ हजार ५ सय ८७, उपप्रमुख तथा उपाध्यक्षले ३१ हजार ९५ मत ल्याएका छन् । यस्तै वडाध्यक्षले २४ हजार ४९ मत, महिला वडा सदस्यले २० हजार ७ सय ७७ र दलित महिला सदस्यले १६ हजार ६ सय २ मत ल्याएका छन् ।  

९. राष्ट्रिय जनमुक्ति पार्टी 
राष्ट्रिय जनमुक्ति पार्टीका प्रमुख तथा अध्यक्षले कूल ८ हजार ४ सय ३७, उपप्रमुख तथा उपाध्यक्षले २७ हजार ५ सय ४० मत ल्याएका छन् । यस्तै वडाध्यक्षले १२ हजार ६ सय १३ मत, महिला सदस्यले २१ हजार ९ सय २ र दलित महिला सदस्यले ११ हजार ७३ मत ल्याएका छन् । 

१०. बहुजन शक्ति पार्टी 
दोस्रो तहको निर्वाचनमा यो दलका प्रमुख तथा अध्यक्षका उम्मेदवारले कुल ७ हजार ३ सय ३४ र उपप्रमुख तथा उपाध्यक्षले ७ हजार ५ सय १२ मत ल्याएका छन् । यस्तै वडाध्यक्षले १५ हजार ४ सय ३८, महिला सदस्यले १२ हजार ७ सय १८ र दलित महिला सदस्यले १४ हजार ६९ मत ल्याएका छन् । 

११. सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 
यो दलले प्रमुख तथा अध्यक्षमा ४ हजार ८ सय ३१, उपप्रमुख तथा उपाध्यक्षमा १० हजार १ सय ३४ मत ल्याएको छ । यस्तै वडाध्यक्षमा ६ हजार १ सय ८७, महिला सदस्यमा ५ हजार ४ सय ४२ र दलित महिला सदस्यमा ३ हजार ६ सय ४५ मत प्राप्त गरेको छ । 

१२. नेपाल कम्युनिस्ट पार्टी माले
यो दलले दोस्रो चरणको चुनावमा ३ प्रदेशका ३ सय २९ स्थानीय तहमा प्रमुख तथा अध्यक्षमा कूल ४ हजार ४ सय ३५, उपप्रमुख तथा उपाध्यक्षमा २ हजार ६ सय ९३, वडाध्यक्षमा २ हजार १ सय ८७, महिला सदस्यमा १ हजार ५ सय ३५ र दलित महिला सदस्यमा ९ सय ४३ मत प्राप्त गरेको छ । 

१३. नेपाल परिवार दल 
यो दलले प्रमुख तथा अध्यक्षमा कूल ६ सय ७२, उपप्रमुख तथा उपाध्यक्षमा ८ सय ४९ मत प्राप्त गरेको छ । यस्तै वडाध्यक्षमा ७ सय ६३, महिला सदस्यमा २ सय ९४ र दलित महिला सदस्यमा ५५६ मत प्राप्त गरेको छ । 

१४. खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
यो दलले प्रमुख तथा अध्यक्षमा ७ सय १०, उपप्रमुख तथा उपाध्यक्षमा ६६०, वडा अध्यक्षमा ६३६ महिला सदस्यमा ५७२ र दलित महिला सदस्यमा ४७१ मत प्राप्त गरेको छ ।

१५. नेपाल मजदुर किसान पार्टी
भक्तपुरमा एक स्थानीय तह जितेको यो दलले प्रदेश नं १, ५ र ७ मा खराब नतिजा ल्याएको छ । नेमकिपाले प्रमुख तथा अध्यक्षमा ७२५, उपप्रमुख तथा उपाध्यक्षमा ५९८ वडा अध्यक्षमा ५७३, महिला सदस्यमा ४७७ र दलित महिला सदस्यमा ३९६ मत प्राप्त गरेको छ । 

१६. जनजागरण पार्टी 
यो दलले प्रमुख तथा अध्यक्षमा ६९५, उपप्रमुख तथा उपाध्यक्षमा ६०५, वडा अध्यक्षमा ५८४, महिला सदस्यमा ४२६ र दलित महिला सदस्यमा ३३६ मत प्राप्त गरेको छ ।

१७. नेपाल दलित पार्टी 
यो दलले प्रमुख तथा अध्यक्षमा ४६६, उपप्रमुख तथा उपाध्यक्षमा ३८७, वडा अध्यक्षमा २९२, महिला वडा सदस्यमा २१० र दलित महिला सदस्यमा १ सय २४ मत ल्याएका छन् । 

१८. सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट 
 यो दलले प्रमुख तथा अध्यक्षमा तथा उपप्रमुख तथा उपाध्यक्षमा कुनै मत प्राप्त गरेको छैन । वडा अध्यक्षमा ५ सय ८६ मत र महिला सदस्यमा ३ सय ५८ मत ल्याएको छ । 
 

१९. नेपाल कम्युनिस्ट पार्टी संयुक्त
यो दलले प्रमुख तथा अध्यक्षमा ४०९, उपप्रमुख तथा उपाध्यक्षमा २४०, वडाध्यक्षमा २१७, महिला सदस्यमा १३५ र दलित महिला सदस्यमा १३१ मत प्राप्त गरेको छ । 
२०. नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी 
यो दलले प्रमुख तथा अध्यक्षमा ३३, उपप्रमुख तथा उपाध्यक्षमा १३६, वडाध्यक्षमा २८८, महिला सदस्यमा ८३ र दलित महिला सदस्यमा ४८ मत ल्याएको छ । 
२१. राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल 
यो दलले प्रमुख तथा अध्यक्षमा १९५, उपप्रमुख तथा उपाध्यक्षमा २४४, वडाध्यक्षमा ११६, महिला सदस्यमा १०७ र दलित महिला सदस्यमा १२३ मत प्राप्त गरेको छ । 
२२. नेपाल जनता पार्टी 
नेपाल जनता पार्टीले प्रमुख तथा अध्यक्षमा ३७, उपप्रमुख तथा उपाध्यक्षमा ९५, वडाध्यक्षमा २२९, महिला सदस्यमा ३० र दलित महिला सदस्यमा कुनै मत प्राप्त गरेको छ्रैन । 

२३. नेपाल लोकतान्त्रिक जनता काङ्ग्रेस पार्टी 
यो दलले उपप्रमुख तथा उपाध्यक्षमा ३०१ मत पाएको छ भने अन्य कुनै पनि पदमा मत ल्याएको छैन । 

२४. नेपाल कम्युनिस्ट पार्टी माक्सवादी 
यो दलले प्रमुख तथा अध्यक्षमा ४५ उपप्रमुख तथा उपाध्यक्षमा २५, वडाध्यक्षमा ३३, महिला सदस्यमा २५ र दलित महिला सदस्यमा २० मत प्राप्त गरेको छ । 

२५. बहुजन समाजवादी पार्टी नेपाल 
यो दलले प्रमुख तथा अध्यक्षमा २९, उपप्रमुख तथा उपाध्यक्षमा २८, वडा अध्यक्षमा १८, महिला सदस्यमा २० र दलित महिला सदस्यमा १९ मत ल्याएको छ । 

२६. देशभक्त समाज 
यो दलले वडाध्यक्षमा १८ र दलित महिला सदस्यमा २६ मत प्राप्त गरेको छ । 

२७. विवेकशील नेपाली दल
काठमाडौँ महानगरमा तेस्रो स्थानमा रहेको यो दलले दोस्रो चरणको चुनावमा राम्रो परिणाम ल्याउन सकेन । प्रमुख तथा अध्यक्षमा २५ र वडाध्यक्षमा ६५ मत ल्याएको छ, अन्य पदमा कुनै मत प्राप्त गर्न सकेन । 

२८. समाजवादी जनता पार्टी 
यो दलले प्रमुख तथा अध्यक्षमा २७ उपप्रमुख तथा उपाध्यक्षमा ३७ मत ल्याएको छ । अन्य पदमा मत प्राप्त गर्न सकेको छैन । 

२९. लोक दल 
यो दलले वडा अध्यक्ष पदमा २५ मत ल्याएको छ । 

३०. अखण्ड पार्टी 
यो पार्टीले प्रमुख तथा अध्यक्षमा २२ मत ल्याएको छ । 

३१. चुरेभावर लोकतान्त्रिक पार्टी 
यो दलले प्रमुख तथा अध्यक्षमा ८ मत प्राप्त गरेको छ, अन्य पदमा कुनै मत ल्याएको छैन । 

३२. नेपाल समावेशी पार्टी
यो दलले प्रमुख तथा अध्यक्षमा ३ मत प्राप्त गरेको छ भने अन्य पदमा मत ल्याउन सकेको छैन् । 

३३. चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
यो दलले प्रमुख तथा अध्यक्षमा २ मत प्राप्त गरेको छ भने अन्य कुनै पनि पदमा मत ल्याएको  छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप