शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उमेर ६३ वर्षः २० वर्ष मुनिका पाँच प्रेमिका, सबैको शौख पूरा गर्न चोरी

बुधबार, १६ साउन २०७५, १२ : १९
बुधबार, १६ साउन २०७५

उत्तरी दिल्लीमा एउटा निकै रोचक घटनाको पर्दाफास भएको छ ।  पुलिसले आइतबार दिउँसो ६३ वर्षका एक चोरलाई पक्राउ गर्यो । पक्राउ परेपछि उनले आफ्ना पाँच प्रेमिकाको शौख पूरा गर्न र आफूलाई फिट राख्नका लागि चोरी गर्न सुरु गरेको पुलिसलाई जानकारी दिए ।

बन्धु सिंह अहिलेसम्म अविवाहित छन् । पुलिसले उनीबाट चोरिएको एक बाइक, दुई ल्यापटप, मोबाइल र पाँच हजार भारु बरामद गरेको बताएको छ ।

सिसिटीभीमा कैद भएका थिए आरोपीः

जिल्ला पुलिसका अनुसार शनिबार राती सराय रोहिल्ला औद्योगिक क्षेत्रको एउटा फ्याक्ट्रीमा चोरी गरिरहेका बेला सिसिटीभीमा कैद भएका थिए । फ्याक्ट्रीका मालिकले उपलब्ध गराएको सिसिटिभी फुटेको आधारमा आरोपीको खोजी गरेका हुन् ।

सबै प्रेमिकाको आवश्यता पूरा गर्दथेः

सिंहका अनुसार उनले आफ्नो पुरा जीवन मोजमस्ती र प्रेमीमा खर्च गरे । यसअघि उनका दर्जनौं प्रेमिका भएको उनले बताए । उनका अनुसार धेरैजसो प्रेमिकाको उमेर २० देखि ४० वर्षका छन् । उनले आफ्ना धेरैजसो प्रेमिका २० वर्षभन्दा कम उमेरको भएको पनि बताए । उनका अनुसार उनले आफ्नो सबै प्रेमिकाको पूरा ध्यान राख्ने गरेको र उनीहरुको सबै आवश्यकतालाई पूरा गर्ने गरेको बताए । उनी आफूलाई फिट राख्नका लागि जिम पनि गर्दथे ।

फ्याक्ट्रीमै गर्थे चोरीः

सिंहले मार्चमा यूनिक स्ट्यापगिन कम्पनीबाट ६ टनको कोइला चोरेका थिए जसको मूल्य चार लाख भारु भन्दा बढि थियो । मे महिनामा उनले एक पसलबाट ल्यापटप र पाँच हजार भारु चोरेका थिए । यस्तै जूनमा एक फ्याक्ट्रीबाट ७० हजार र ल्यापटप चोरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप