शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोरखाको फुजेलमा नेताले कुटे महिला

सोमबार, ०२ साउन २०७४, १२ : ३५
सोमबार, ०२ साउन २०७४

गोरखा– गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–३ फुजेल निवासी जिरादेवी दहालमाथि कांग्रेसका स्थानीय नेताले सांघातिक आक्रमण गरेका छन् । स्थानीय कांग्रेस नेता समेत रहेका तुलाराम दाहालले छिमेकी महिलालाई आक्रमण गरेर गम्भिर घाइते बनाएका हुन् । आक्रमणमा परि दाहालको टाउकोमा गम्भीर चोट लागेको छ । स्थानीय स्वास्थ चौकीमा उपचार नभएपछि घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा १० टाँका लगाइएको छ । 
यसरी भयो आक्रमण 
जिरादेवी र तुलारामबीच खानेपानीका विषयमा भएको सामान्य भनाभनपछि विवाद बढ्दै जाँदा झगडा र हात हालाहाल भएको हो । खानेपानीका विषयमा सामान्य भनाभन बढदै गएपछि ठुलो रुप लिएको स्थानीय राजन पन्त बताउँछन् । उनका अनुसार विवाद चर्कदै गएपछि तुलारामले जीरादेवीलाई काठको मुढा टिपेर प्रहार गरेका थिए । महिलामाथि आक्रमण भएको खवरपछि फुजेलका स्थानीय त्रसित बनेका छन् । स्थानीयबासि भन्छन् ‘महिलालाई यसरी दिउँसै कुट्नेले  कसैलाई बाँकी राख्दैनन ।’ आक्रमण गर्ने दाहाल नेपाली कांग्रेसका स्थानीय नेता समेत हुन् । उनी पहिला पनि फुजेलमा विभिन्न काण्डमा मुछिदै आएका स्थानीयले बताएका छन् ।
 भाग्दाभाग्दै तुलाराम पक्राउ
घटना भएको केही घण्टापछि प्रहरी उनको घरमा पुग्यो । घरमा पुगेपनि त्यो दिन उनलाई प्रहरीले भेटेन । तर, भागेर काठमाण्डौ आउने क्रममा रहेका दाहाललाई भोलीपल्ट बेनिघाट प्रहरिले पक्राउ गरेको छ । हाल उनी बेनीघाट प्रहरीको हिरासतमा छन् । 

बेनिघाट प्रहरी चौकीका हवल्दार दीपक पौडेलका अनुसार तुलाराम बेनिघाटबाट प्रक्राउ परेका हुन् । उनले प्रयोग गरेको बा ६७ प ५७४४ नम्वरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ । दाहाललाई जिल्ला प्रहरी कार्यलय गोरखा पठाइएको उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप