बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा नेपाली महिला सम्मानित

बुधबार, १६ साउन २०७५, १६ : ३५
बुधबार, १६ साउन २०७५

अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवरत्न पुरस्कारबाट बिभन्न ब्यक्तित्वलाइ सम्मान गरिएको  छ।  न्यूयोर्कमा आयोजित एक कार्यक्रमका बीच उनीहरु  सम्ममानित भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि कला खरेललाइ अमेरिकामा बसेर ब्यवसायका माध्यमबाट रोजगारीको अवसर प्रदान गरेको,समाज सेवा र सामाजिक कार्यमा सक्रिय रहे हुनाले अनेसास नवरत्न बिमला चाम्लिग राई पुरस्कारबाट सम्मान गरिएको छ।

त्यसैगरि कार्यक्रममा पूनम काफ्ले बिमला निरौलालाइ अनेसास नवरत्न महिला पुरस्कार २०१८बाट सम्मानित गरिएकोछ। अनेसास नवरत्न बाल प्रतिभा पुरस्कार २०१८ बाट अरमानी महर्जन (नृत्य , समाजसेवा, सिम्रनअघिकारी ( नृत्यकला ,श्रीनीतिरिजाल( चित्रकला तथा अभिनयमा पुरस्कृत गरिएको थियो।

नवरत्न पुरस्कार नेपाली भाषा, साहित्य, संगीत, समाजसेवा, कला र व्यवसायमा संलग्न नौ महिला प्रतिभालाई हरेक दुई वर्षमा प्रदान गरिँदै आएकोछ। पुरस्कारमा २ सय अमेरिकी डलर र सम्मानपत्र रहेको छ।

आजको सम्मान कार्यक्रममा उपस्थिति हुन नसक्ने अभिनेत्री मनीषा कोइराला, गायिका हरिदेवी कोइराला, स्रष्टाहरू उन्नति बोहोरा शिला, र लक्ष्मी माली, समाजसेवी तुलसीदेवी राई, व्यवसायी मीना खड्का क्षत्री तथा रंगकर्मी सम्पदा मल्ल त्यस्तै, जापान बसेर लामो समयदेखि सितार वादनमा क्रियाशील सुषमाओमातालाई अनेसास नवरत्न विशिष्ट साधक सम्मान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप