थाहा पाउनुहोस् टिमुरका फाइदा
सोमबार, ०२ साउन २०७४, १३ : ३४
प्राडा श्याममणि अधिकारी नेपाल संस्कृत विश्वविद्यालय
आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ ।
ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ ।
टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रुपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।
हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा ९हाई अल्टिच्युड०को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।
आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ