मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्सी चलाउन सिक्दा नदीमा खस्यो, आमाछोरा बेपत्ता

शुक्रबार, १८ साउन २०७५, १२ : ५७
शुक्रबार, १८ साउन २०७५

धिरन खत्री

म्याग्दी–  सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमाछोरा बेपत्ता भएका छन् । 

असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा ड्राईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी र उनका ७ बर्षका छोरा बेपत्ता भएका हुन् ।

अधिकारीले जिल्ला प्रहरी कार्यालय अगाडी रहेको न्यू बेनी डाईभिङ्ग इन्सिटच्यूटबाट  सिक्दै आएकी थिईन । बहुउद्देश्यीय मैदानमा रहेको कृषि उपज केन्द अगाडी सिक्दै गरेकी  अधिकारीको ट्याक्सी ब्याक गर्ने क्रममा खसेको देख्ने दर्शकले बताएका छन् । 

ट्याक्सी खोलामा खसेलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली म्याग्दी नदी र कालीगण्डकी नदीमा खोजेपनि भेट्न नसकिएको प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले जानकारी दिए । असुरक्षित रुपमा ट्याक्सी चलाउँदा अप्रिय घटना भएकाले जथाभावी सवारी साधन सिक्न नदिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । 

ट्याक्सी म्याग्दी नदी हुदै कालिगण्डकीमा बगेको हुदाँ बेपता ट्याक्सीको खोजीकार्यका लागि छिमेकी जिल्ला पर्वतको प्रहरीसँग सहकार्य गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप