बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधनको पक्षमा थपियो एकीकृत राप्रपा राष्ट्रबादी

सोमबार, ०२ साउन २०७४, १४ : ४६
सोमबार, ०२ साउन २०७४

काठमाडौं– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले नेपालका हिन्दु,बौद्ध, इस्लाम र किराँत धर्मावलम्बिहरुको भावनालाई संविधानमा समेट्न तत्काल संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ । सोमबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले नेपालको माटो सुहाउँदो सनातन धर्म भएकाले त्यसकालागि संविधानमै व्यवस्था गर्नुपर्ने निर्णय पनि गरेको सो पार्टीका उपाध्यक्ष तारानाथ लुँइटेलले जानकारी दिए । 

त्यस्तै एकीकृत राप्रपा राष्ट्रबादील नेपाल र नेपालीको प्रधान शत्रु भ्रष्टाचार भएको निश्कर्ष निकाल्दै भ्रष्टाचारविरुद्ध देशव्यापी आन्दोलन चर्काउने भएको छ । एकीकृत राप्रपाले साउन ३ गते काठमाडौबाट भ्रष्टाचार विरोधी आन्दोलन चर्काउने निर्णय गरेको हो । 

बैठकपछि एकीकृत राप्रपा राष्ट्रबादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले  मुलुकको प्रधान शत्रु भ्रटाचारी प्रवृति भएकाले त्यसका लागि शसक्त आन्दोलन गर्ने निर्णय गरेको बताए ।

 त्यस्तै अध्यक्ष लोहनीले नेपालको राजसंस्था राष्ट्रिय चरित्रको भएकाले संक्रमणकालमा राजसंस्थालाई कुनै न कुनै रुपले उपयोग गर्नुपर्छ भन्ने विषयमा समेत पार्टी एकढिक्का रहेको बताए । उनले राष्ट्रिय मेलमिलापको नीति अनुरुप राजसंस्थलाई समेत उपयोग गर्नुपर्ने आवाश्यक्ता रहेकाले दलहरुलाई त्यसतर्फ सोच्न आग्रह गरिएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप