शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री शिल्पाको डा.खातेसँग उठबस

सोमबार, ०२ साउन २०७४, १४ : ४७
सोमबार, ०२ साउन २०७४


काठमाडौं – निर्माता, निर्देशक र अभिनेता लगयात ठुला बडासँग मात्र अभिनेत्रीकोसँग हुन्छ भन्ने मान्यता समाजमा रहने गरेको छ । तर अभिनेत्री शिल्पा पोखरेलको संगत भने खातेसँग पनि रहने गरेको छ । 


अभिनेत्री शिल्पाले खातेको संगत रियलमा भन्दा पनि रिल लाइमा गरेकी हुन् । यहि ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘डाक्टर खाते’ सडकमा भेटिने बालबालीकाको कथामा निर्माण भएको छ । 


यस्ता बालबालीकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भविस्यामा डाक्टर लगायत विभिन्न सफल पेशामा रहन सक्छन्  भन्ने मुल सन्देश चलचित्रले दिने निर्माता रोशनी केसीले बताइन् । 


केसी चलचित्रकी कलाकार पनि हुन् । रबीराज अर्याल निर्देशित यो चलचित्रमा केसी र शिल्पाको अलवा सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय देख्न सकिन्छ । 


चलचित्र काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण जिम्मा लिएको छ । जगदिश्वर थापाको रहेको चलतिचत्रको प्राबिधिक काम नसकिदै निर्देशक रबिराज अमेरिका भासिए ।


निर्देशक अमेरिका भासिएपछि रोशनी अहिले निर्देशक समेत रहेका पत्रकार डब्बु क्षेत्रीको सहायतामा चलचित्रको काम पुरा गरिरहेकी छन् । डब्बु चलचित्रका कास्टिङ निर्देशक समेत रहेको केसीले बताइन् । ‘निर्देशकको आधा जिम्बेवारी डब्बु जिले ब्यहोरिदिनु भएको छ’ रोशनीले भनिन् ‘‘प्रचार प्रसारमा पनि त्यतिकै साथ छ ।’ डब्बुको सहयोगले आफुलाई निर्देशकको अभाव महशुस नभएको उनले सुनाइन् । 


आरआर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्वारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो । चलचित्रमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप