कर फछ्र्योटबारे महतको बचाऊ : ‘मैले डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु’
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले कर फछ्र्योट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी गरेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ? आफ्नो भाषा अनुसार अरुलाई जज गर्नुहुँदैन् ।’ महतले आफू त्यस्तो प्रकृतिको मान्छे नभएको समेत स्पष्टोक्ति दिए । उनले भने,‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँसुकै गएर भएपनि फेस गर्न तयार छु ।’
उनले उक्त विषय अदालतमा पुगिसकेकोले आफूले त्यसबारेमा कुनै प्रतिक्रिया या टिप्प्णी नगर्ने जनाए । यद्वपी उनले कर फर्छोट आयोग गठन, भ्याट कानून अन्र्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए ।
‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा हामीले अर्थात म अर्थमन्त्री र कांग्रेसको सरकार हुँदा अहिले ७ सय अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए संभव हुन्थ्यो र ?’ महतले भने,‘त्यतिकै मिथ्यामा आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’
त्यस्तै डा. महतले जनतालाई छिटो सेवा प्रवाह गर्नको लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्ने धारणा राखे ।
सकेसम्म असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले ईमानदार प्रयास गर्नुपर्ने उनको भनाई थियो ।
त्यस्तै उनले हालै संसदको क्षेत्र १६५ बाट बढाएर पूरानै २४० क्षेत्र कायम गर्ने हल्लामा सत्यता नभएको समेत दाबी गरे । महतले भने,‘कांग्रेस निर्वाचन क्षेत्र बढाउने पक्षमा छैन, यो गलत कुरा हो, अहिले मुलुक संघीय संरचनामा गैसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा पर्यटन महोत्सव हुने, घोडा दौडाउने प्रतियोगिता
-
आगामी आर्थिक वर्षको कर नीतिका लागि सुझाव माग
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयमै एमाले र माओवादीबिच मतभेद
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा