बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘चुम्बन’ गरिरहेका बादलका अद्भुत तस्बिर

आइतबार, २० साउन २०७५, १३ : १४
आइतबार, २० साउन २०७५

आकाश नियाल्नेहरुले पक्कै पनि बादलका विभिन्न आकृती देख्ने गरेका छन् । डाइनासोर, हात्तीलगायतका विभिन्न वस्तुको रुपरेखा हामीले बादलमा देख्ने गर्छौं ।

तर बादलको रोमान्सका यस्ता तस्बिर इन्टरनेटमा सार्वजनिक भएका छन् जसले धेरैलाई प्रभावित तुल्याएको छ । पूर्वी चीनको साओक्जिङ सिटिमा बादलको यस्तो तस्बिर क्यामरामा कैद भएका हुन् जुन चुम्बन गरिरहेका जोडीसँग मेल खान्छ । बादलको यी तस्बिर दुई युवा जोडी चुम्बन गरिरहेको सिलौटे तस्बिरसँग मेल खान्छ । मानिसहरुले ती तस्बिर ‘लभ इज इन द एयर’ भन्दै  सोसल मिडियामा सेयर गरिरहेका छन् र प्रकृतिको सुन्दर प्रदर्शनको तारिफसमेत गरिरहेका छन् ।

यी तस्बिरले प्रकृतिको सुन्दरता एवं रचनात्मकता दर्साएको धेरैले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप