शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाटा युथ ट्यालेन्ट क्वेस्ट को दोस्रो संस्करण सम्पन्न

सोमबार, २१ साउन २०७५, १९ : २६
सोमबार, २१ साउन २०७५

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले पाटा युथ ट्यालेन्ट क्वेस्ट को दोस्रो संस्करण सम्पन्न गरेको छ । पाटा नेपाल स्टुडेन्ट च्याप्टर सदस्यहरुबीच “पब्लिक स्पिकिङ्ग” र “कन्टेन्ट राइ्टिङ्ग” गरी २ वटा विधामा प्रतिस्पर्धा सम्पन्न गरी “पाटा युथ ट्यालेन्ट क्वेस्ट” को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरेको हो । 

नेपाली पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुको ज्ञान, सीप र क्षमतालाई प्रतिस्पर्धा मार्फत प्रस्फुटित गराउने तथा नेपाली पर्यटन क्षेत्रमा भावी सबल पर्यटन जनशक्तिको खोजमुलक अभियानको रुपमा गत वर्ष सुरु भएको हो “पाटा युथ ट्यालेन्ट क्वेस्ट” ।

पाटा नेपाल च्याप्टर सदस्य शैक्षिक संस्थाहरुमा अध्यनरत विद्यार्थीहरुका लागि आफ्नो योग्यता, क्षमता र सिप प्रश्तुत गरी महत्वपूर्ण उपलब्धीहरु प्राप्त गर्ने एक उपयुक्त माध्यमको रुपमा लिइन्छ ।  पाटा नेपालले प्रतिभावान विद्यार्थीहरुलाई आवश्यक तालिम तथा विविध अवसरहरु प्रदान गराई उनीहरुको सशक्तीकरण तथा सुनौलो भबिष्य निर्माणका लागि प्रेरक माध्यमको रुपमा यस कार्यक्रमलाई अघि सारेको छ ।

यस अभियान अन्र्तगत संचालित २ वटै विधाहरुमा पाटा नेपाल सदस्य शैक्षिकसंस्थाहरु गेट, नाथम, क्याथ, एनसिटिटिएम, मिडभ्याली, पब्लिक युथ, सिल्भर माउन्टेन र आईएसटि गरी  १६ जना बिद्यार्थीहरुले भाग लिएका थिए ।

सहभागिहरुमध्ये आईएसटि कलेजकी छात्रा तमन्ना प्रधान र मिडभ्याली इन्टरनेशनलका छात्र जिङ्गमे लामा क्रमशः “पब्लिक स्पिकिङ्ग” र “कन्टेन्ट राइ्टिङ्ग” विजेता घोषित भएका छन । । विजेताले पुरुस्कार स्वरुप आगामी सेप्टेम्बर १२–१४ सम्म लङ्ककावी मलेसियामा  आयोजना हुने पाटा ट्राभल मार्ट २०१८ मा सहभागि हुने अवसर प्राप्त गरेका छन ।

पाटा नेपालले दिगो पर्यटन विकास, वर्तमान तथा भविष्यकालागि आवश्यक दक्षजनशक्ति निर्माण एवम सशक्तिकरण  अभियानलाई सार्थक पार्न निरन्तर रुपमा युथ जनशक्तिहरु तथा विधार्थीहरुलाई सहभागी गराउदै आएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृतसुरेश सिंह बुडालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप