भारतीय सैनिकले आफ्ना चार सैनिकको हत्या गरेको पाकिस्तानको आरोप
मुजफ्फरबाद (पाकिस्तान) – पाकिस्तानले विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना चार जना सैनिकको हत्या गरेको आरोप लगाएको छ ।
पाकिस्तानी सैनिकले आइतबार अपरान्ह भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पु¥याएको बताएको छ ।
पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र निलम उपत्यकामा सो हत्या भएको बताइएको छ । पाकिस्तानी सेनाले भारतको तर्फबाट सो आक्रमण भएको र आफूहरुले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ ।
पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिएको छ । उक्त घटनाको पाकिस्तानी प्रधानमन्त्र नवाज शरिफले निन्दा गर्नुभएको छ ।
साथै उहाँले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद पनि ज्ञापन गर्नुभएको छ ।
यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ