बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित जिल्लामा टेलिकमको आईसीटी सेन्टर

सोमबार, ०२ साउन २०७४, १७ : ४०
सोमबार, ०२ साउन २०७४

काठमाडौं– भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायीक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३÷७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीवी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी गरेको टेलिकमले जनाएको छ ।


नेपाल टेलिकमले गत आ.व. २०७२÷७३ मा पनि पशुपति कन्या मा.वि. चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मा.वि. मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मा.वि. छत्रेदेउराली धादिङ, रसुवा उच्च मा.वि. धुन्चे रसुवा र विन्द्रावति उच्च मा.वि. मसेल गोरखामा यस्तो प्रकारको आईसीटी सेन्टर स्थापना गरी सेवा सञ्चालन गरिसकेको छ ।


कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये काठमाडौं, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक÷एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप