कर छली तथा असुली अनियमितता छानविन गर्न यस्तो उपसमिति गठन
काठमाडौं – व्यवस्थापिका संसदको अर्थ समितिले कर छली तथा कर असुली अनियमितता छानबिन गर्न उप– समिति नै गठन गरेको छ ।
समितिको सोमबार बसेको बैठकले कर छली तथा कर असुली अनियमितता छानवीन गर्न नौं सदस्यीय उप–समिति गठन गरेको हो । उप समितिलाई १ महिना भित्र सम्बन्धित निकायसँग छलफल गरी कर छली तथा कर असुलीमा भएको अनियमितता रोक्न सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश पनि दिइएको छ ।
बैठकले उपसमितिलाई आफ्नो कार्यविधि आफै बनाउने अधिकार पनि प्रत्यायोजन गरेको छ । कर छली र कर असुलीमा भएको अनियमितता नियन्त्रण गर्न आवश्यक सुझाव दिने कार्यादेशसहित उपसमिति गठन गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए । उपसमितिमा गौरा प्रसाई, जगदिश्वरनरसिंह केसी, दीपक प्रसाद कुइकेल, रत्न शेरचन, शक्ति बस्नेत, सुरेन्द्र पाण्डे, शेरबहादुर तामाङ, श्रीकान्ति पार्सी र श्रीप्रसाद जबेगू रहेको छ ।
कर प्रशासनमै सुधार ल्याउने गरी आवश्यक सुझाव तय गर्न उपसमिति गठन गरिएको पनि सभापति ज्वालाले स्पष्ट पारे । अरवांैको भ्रष्टाचार गरेको अभियोगमा कर फस्र्यौंट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि अर्थ समितिले त्यसलाई नियन्त्रण गर्न सुझाव तयार पार्न उपसमिति गठन गरेको हो ।
अर्थ समितिले कर फस्र्यौट ऐन, २०३१ तत्काल खारेज गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा समितिका सदस्यहरुले कर फस्र्यौट आयोग आफै गैरकानुनी भएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । उनीहरुले कर प्रशासनलाई जवाफ बनाउन पनि आवश्यक नीति निर्माण गर्नुपर्ने आवश्यक्तामा पनि जोड दिएका छन ।
अर्थ समितिले कर असुलीमा भएको अनियमितता तत्काल रोक्न अर्थ मन्त्रालयलाई पटक पटक सचेत गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?