बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठूला आयोजनामा लगानी गर्न भारतीय राजदुतसँग नेपाल चेम्बरको  यस्तो आग्रह

सोमबार, ०२ साउन २०७४, १८ : २३
सोमबार, ०२ साउन २०७४

काठमाडौं  – नेपाल चेम्वर अफ कमर्सले नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीकोे स्वागतमा आयोजित कार्यक्रममा नेपाल र भारत दुवै देशको आर्थिक विकासका लागि दुई देश बीचको सहकार्यलाई अझ बढी मजबुत वनाउनु पर्नेमा जोड दिइएको छ । 

उक्त कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले उद्योग, पर्यटन, जलविद्युत लगायत नेपालका ठूल्ठूला आयोजनाहरुमा लगानीका लागि भारत सरकारसँंग आग्रह  गरे । 

दुवै देशको आर्थिक विकासका लागि दुई देशबीचको सडक, रेल्वे सञ्जाललाई मुख्य सहरहरुसम्म पुग्ने गरी परियोजनाहरु बनाउनु पर्नेमा विशेष जोड दिए । 

नेपालका लागि भारतीय राजदूत पुरीले नेपाल अवसर नै अवसर भएको मुलुक भएको बताए ।

जलविद्युत, पर्यटन लगायत विकासका लागि पूर्वाधार विकासको ठूलो भूमिका रहने बताउनु हुँंदै दुवै देशले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए 
। साथै नेपाल र भारत वीचको सदियौं देखिको मित्रतालाई अझ मजबुत बनाउनु पर्ने बताए ।
 
उक्त कार्यक्रममा चेम्वरका पदाधिकारीहरु तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप