बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उकुषा भइन् मिस एसिया नेपाल

सोमबार, ०२ साउन २०७४, १८ : २६
सोमबार, ०२ साउन २०७४

काठमाडौं । वानेश्वर भिमसेनगोलाकी १८ बर्षीया उकुषा गिरीले मिस एसिया नेपाल २०१७ को ताज चुमेकी छिन् । टेलिभिजन विज्ञापनमा समेत काम गर्दै आएकी गिरी विजेताका रुपमा आफ्नो नाम घोषणा भएलगतै  खुसीका आँशुहरु झारेकी थिइन् । उनलाई गतबर्षकी विजेता सुप्रभा कुँवरले ताज लगाइदिइन् ।


¥याम्प मोडलिङ समेत गर्दै आएकी उकुषाले कार्यक्रममा ताजको अलवा श्रीलंकामा हुने मिस एसिया ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरिन् । नगद ५० हजार रुपैयाँका साथमा विभिन्न म्युजिक तथा टिभीसी भिडियोमा खेल्ने अवसरसमेत प्राप्त गरेकी उनले मिस पर्सनालिटीको उपाधि समेत हात पार्न सफल रहिन् ।


नेक्स्ट इभेन्ट इन्टरनेसनलले आयोजना गरेको र मिडिया पर्सनालिटी जीपी तिमल्सेना, पूर्व मिस ग्लोबल इन्टरनेसनल निलम चन्द, पूर्व मिस नेपाल अर्थ मेधा कोइराला, व्यवसायी तथा कलाकार रचिता क्षत्रि र पूर्व मिस अरोमा चितवन इशा प्रधानले निर्णायक रहेको प्रतियोगीमा काभ्रेपलान्चोककी मेडिकल विद्यार्थी परिक्षा बिष्ट फस्ट रनर्सअप र जानकी श्रेष्ठ सेकेण्ड रनर्सअप भए । यी दुबैले विभिन्न उपहारसमेत प्राप्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप