शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कर छली र कर असुली अनियमितता रोग्न गम्भिर रुपमा लाग्नेछु,’ अर्थमन्त्री कार्की

सोमबार, ०२ साउन २०७४, १८ : ३८
सोमबार, ०२ साउन २०७४

काठमाडौं – अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कर छली र कर असुली अनियमितता रोक्न खरो रुपमा उत्रने दृढता व्यक्त गरेका छन् । 
मन्त्री कार्कीले कर छली तथा कर असुलीमा हुने अनियमितता रोक्न प्रविधिमा आधारित स्वचालित माध्यामको प्रयोगमा भन्सार कर प्रणाली संचालनमा जोड दिइएको पनि स्पष्ट पारे ।

सोमबार व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा बोल्दै उ्नले कर छली तथा कर असुलीमा भएको अनियमितता रोक्न सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्मरण गराएका थिए । 

अर्थमन्त्री कार्कीले समितिको बैठकमा आर्थिक वर्ष २०७३÷७४ मा ६ खरव १२ अरव राजस्व संकलन भएको पनि जानकारी दिए । गत वर्ष सरकारले ५ अरव ६५ अरव राजस्व उठाउने लक्ष्य लिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप