शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ढलमा डुबेर ज्यान गुमाएकी विनिताको परिवारलाई काठमाडौँका मेयरको २५ हजार सहयोग

सोमबार, ०२ साउन २०७४, १८ : ४०
सोमबार, ०२ साउन २०७४

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ढलमा डुबेर ज्यान गुमाएकी विनिता फूयाँलको परिवारलाई सहयोग स्वरुप २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।


सोमबार फूयाँलका पिता झंकनाथ फूयाँललाई सो रकम हस्तान्तरण गरेका हुन् । तारकेश्वर नगरपालिका ११ की विनिताको शुक्रबार ढलमा खसेर मृत्यु भएको थियो ।


सहयोग हस्तान्तरण गर्दै शाक्यले महानगरपालिका पीडितको साथमा रहेको बताएादै पूर्वाधार सुधारका कार्यमा तारकेश्वर नगरपालिकासँग मिलेर अघि बढ्ने बताए ।


सो अवसरका तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराले पनि सहयोग स्वरुप नगरपालिकाको तर्फबाट मृतक परिवारलाई ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।
शाक्यले गत असार ३० गते कामनपा वडा नम्बर २६ सामाखुशीस्थित चक्रपथको नालामा बगेर पनि बाँच्न सफल १३ वर्षीया सत्या सापकोटाको परिवारलाई पनि आजै भेट गरेका छन् । 


रानीबारी बस्ने सत्याको परिवारसँग भेटेर महानगरले शाक्यले उनको जीवन विमा गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शाक्यले यस्तो घटना नघटोस् भनेर पूर्वाधारको सम्बन्धमा तत्कार सुधारका कार्यहरु अगािड बढाउन निर्देशन दिइसकेको पनि जानकारी दिएका थिए ।


सो अवसरमा नेकपमा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री दिनानाथ शर्माले सामखुशी चोकमा अतिक्रमणका कारण खोला साँघुरिएकाले यस्ता खालको घटना भएको उल्लेख गर्दै यस्ता समस्या हुन नदिन काठमाडौँ महानगरपालिकाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप