बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘म्यान अफ द वल्र्ड’का लागि फिलिपिन्स उडे श्रीराम

सोमबार, ०२ साउन २०७४, १९ : ३०
सोमबार, ०२ साउन २०७४

काठमाडौं – १९ देखि २९ जुलाइसम्म आयोजना हुने प्रतियोगीता ‘म्यान अफ द वल्र्ड’का लागि डा.श्रीराम चन्द फिलिपिन्स उडेका छन् । उनी सोमबार दिनको १ बजे त्यसतर्फ उडेका हुन् । 


नेपाल लगायत ३५ देशका प्रतियोगीको सहभागीता रहने स्पर्धा १० दिनसम्म चल्नेछ । पिइइपिएस फाउन्डेसन आयोजक रहेको प्रतियोगीतामा श्रीरामले नेपाली पहिरन र भेषभुषा समेत प्रस्तुत गर्नेछन् ।


‘मिष्टर नेपाल २०१७’ का थड रनर अप समेत रहेका चन्दलाई प्रतियोगीतामा अवतार इन्टरनेशनलले पठाउन लागेको हो । 


बौद्धिकता र जिम्बेवारीको आधारमा समेत बिजेता छानिने प्रतियोगीतामा चन्द नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेको लागेको अवतार इन्टरनेशनलका सिइयो सन्दीप पोखरेलले बताए ।


नेपालको युवालाई बिभिन्न अवसरको ढोका खेल्ने बिस्वासका साथ चन्दलाई प्रतियोगीतामा सहभागीका लागि पठाउन लागेको अवतार इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर सुरज सिल्वालले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप