शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका वातावारण राज्यमन्त्री भोलि नेपाल आउँदै

सोमबार, ०२ साउन २०७४, १९ : ५९
सोमबार, ०२ साउन २०७४

काठमाडौँ – जापानका वातावारण राज्यमन्त्री तादाहिको इतो नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा भोलि यहाँ आउँदै छन् ।


जापान–नेपाल संसदीय मैत्री संघका अध्यक्षसमेत रहेका राज्यमन्त्री इतोले भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल–जापान संसदीय मैत्री संघका अध्यक्ष एवं नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, सांसद एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशी र नेपाल पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलसँग बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ । 

यहाँ रहँदा राज्यमन्त्री इतोले ललितपुरस्थित पथप्रदर्शक माध्यमिक विद्यालयको पुनःनिर्माणको निरीक्षण तथा काठमाडौँ दरबार क्षेत्रमा बुधबार आयोजना हुने विपत्तपछिको भग्नावशेष व्यवस्थापनसम्बन्धी प्रारम्भिक बैठकमा भाग लिने कार्यक्रम रहेको पनि जापानी राजदूतावासले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप