बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिरोको सिरानबजार जोखिममा

सोमबार, ०२ साउन २०७४, २० : ३८
सोमबार, ०२ साउन २०७४

मलेखु (धादिङ) – धादिङबेँसीमा रहेको सिरानबजार पहिराको जोखिममा परेपछि बजारबासी त्रसित भएका छन् ।  आइतबार राति परेको अविरल वर्षाले सिरानबजार र धादिङबेंसी जोड्ने बडेरीचौतारो क्षेत्रमा सडक भासिएको छ ।

सिरानबजारको सो क्षेत्रमा सडक भासिएको तथा एकाटीछेउमा पहिरो लड्नाले सवारी आवागमनमा बाधा पुगेको दुग्ध सञ्चालक रामप्रसाद रिजालले बताए । 

सडक चिराचिरा परी धाँजा फाटेको र त्यहीँबाट वर्षात्को पानी पसेर सडक भासिँदै गएका कारण मुख्य बजार क्षेत्रका १० भन्दा बढी घर जोखिममा परेका छन् । 
सो पहिराका कारण केही घरका भित्रसमेत चिरिएको स्थानीयवासीले जनाएका छन् । अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि सदरमुकाम क्षेत्रमा खानेपानीसमेत बन्द भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप