बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छुः पूर्वअर्थमन्त्री डा महत

सोमबार, ०२ साउन २०७४, २१ : ५२
सोमबार, ०२ साउन २०७४

काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि सरकारले इमान्दार प्रयास गर्नुपर्ने बताएका छन् । 

‘सकेसम्म मधेश केन्द्रित दलसँग सहमति गरेर उनलाई पनि चुनावमा सहभागी गराउनुपर्छ, उनले भने, ‘हामीले यसबारेमा लचकता देखाएका छौँ ।’

नेता डा महतले जनतालाई छिटो सेवा प्रवाह गर्नका लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्ने बताउँदै अहिलेको सरकार काँग्रेस एक्लैको होइन, केही ढिलाइ भएको छ, अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नु हुँदैन भने ।

‘हालै संसदको क्षेत्र १६७ बढाएर पूरानै २४० क्षेत्र कायम गर्ने हल्लामा कुनै सत्यता छैन् र काँग्रेस निर्वाचन क्षेत्र बढाउने पक्षमा पनि छैन’ भन्दै उनले माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले यसलाई मध्यनजर गर्दै तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्नेमा जोड दिए । 

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता डा महतले कर फछ्र्यौट आयोगका पदाधिकारीलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको उल्लेख गर्दै ‘मैले लुकाएँ भनेर वाहिर हल्ला चलाएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ? म माथि लगाइएको आरोप गलत हो, म जहाँसुकै गएर पनि यसको फेस गर्न तयार छु’ भने । 
कर फछ्र्यौट आयोग गठन, भ्याट कानूनअन्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण काम आफू अर्थमन्त्री हुँदा भएको उनले बताए। 

‘बाह्र अर्ब राजश्व उठ्ने मुलुकमा म अर्थमन्त्री र काँग्रेसको सरकार हुँदा अहिले ७०० अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए सम्भव हुन्थ्यो र ?’– महतले भने, ‘मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।’ 

अहिलेको सरकार काँग्रेस एक्लैको होइन, केही ढिलाइ भएको छ । अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नु हुँदैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप