कविताः मेरो कर्तव्य
-लालबहादुर केसी
आज्ञाकारी मानिस नै
हुन्छ ज्ञानी विवेकी
म शब्दलाई सानो नसोचौँ
मले नै महान बनाउँछ
म को हुँ र मेरो कर्तव्य के हो
कुरा बुझौँ
आफ्नो कर्तव्य पूरा गर्न सके
झञ्झट बेहोर्नु पर्दैन मनले
म भन्ने शब्द अन्त कतै छैन अहिले
मभित्र नै रही रहन्छ यो शब्द जहिले
मेरो कर्तव्य भन्ने शब्द
महान पालक हो सबको
मेरो कर्तव्य अनुशासन परिचालक हो सबको
म भन्ने शब्द बुझ्नै पर्छ सबै मानवले
महानै हो यो त राम्ररी बुझ्न सके सबले
म भन्ने शब्द चुक्दैन जाने कतै पनि
मैले पालन गरे
कर्तव्य फैलिन्छ जताततै
म एक राष्ट्रको सेवक हुँ नोकर
मेरो कर्तव्य राष्ट्रप्रति जेहेनदार हुनुपर्छ
मलाई राष्ट्रले दिन्छ भन्नु
मेरो कर्तव्य होइन
मैले राष्ट्रप्रति के योगदान गर्न सक्छु
भन्नु मेरो कर्तव्य हो
म जन्मिए यही राष्ट्रमा हुर्किए यही भूमिमा
राष्ट्रको सेवा गर्नु हुन्छ
मेरो कर्तव्य यही दुनिया
राष्ट्र र कर्तव्य बोल्दैनन्
कहिले यो गर भनि
जनताप्रति सेवा गर्नु
कर्तव्य पूरा गरी
राष्ट्र जनता बस्ने क्षेत्र
कर्तव्य जनताले पूरा गर्नुपर्ने नीति
जानी लिनु यी सबै कुरा सुनी
यी कुरा सुनेपछि नभुल्नु है कहिले पनि
-मुसीकोट नगरपालिका,
वडा नं. ५ थर्पु डिग्रे,रुकुम (पश्चिम)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी