कविताः नदीजस्तो जीवन
शनिबार, २६ साउन २०७५, ०९ : २४
-कृष्णमणि पराजुली
त्यस दिनदेखि नै मैले र मेरी आमाले गह्रँगो बोझको अनुभव गर्यौं
जब मैले यो धरतीमा च्याँ च्याँको आवाज निकालेँ
त्यो आवाजले नै पीडा र दुःखको
सङ्केत बोकेको थियो
सायद त्यो गह्रँगो मात्र थिएन
क्mष्टकर र पीडादायी पनि थियो ।
त्यही कष्टकर र पीडादायी जीवन
कहिले पनि नरोकिई अबिरल गतिमा
निरन्तर रूपमा गइरहेको छ ।
कुनै निश्चित समय र गतिमा रोकिन्छ कि भन्दाभन्दै
आश गर्दागर्दै यो त अबिरल नदीजस्तै बग्ने पो रहेछ
कहिल्यै नरोकिने, कहिल्यै नथाक्ने
बोकेर जीवनका पीडा र दुःख
सधैँ अबिरल रूपमा बगिरहने ।
हो त्यसैले मलाई भन्न मन लाग्छ
जीवन त अबिरल बगिरहने
नदी जस्तो पो रहेछ ।