जापानमा सक्रिय दुई मगर संघ एकताकाे तयारीमा
शनिबार, २६ साउन २०७५, २२ : १४
टाेकियाे-जापानमा सक्रिय दुई मगर संघ नेपाल मगर संघ जापान र मगर संघ जापान एकताकाे तयारीमा जुटेका छन् ।
यही अगस्ट १३ तारीखका दिन नागोया शहरमा यी दुई संघबीच एकता हु्ने नेपाल मगर संघ जापानका महासचिव लक्ष्मण घर्तिले जानकारी दिए ।
मगरले जापानका रहेका सबै मगरहरूलाई नेतृत्व दिन सक्ने खालको बलियो कार्यसमिति गठन गर्ने गरी एकता सहितको ऐतिहासिक १९औँ महाधिवेशनको आयोजना गर्न लागिएकाे बताए ।
त्यसका लागि नेपाल मगर संघ केन्द्रीय समितिका विदेश विभाग प्रमुख तथा मगर अन्तराष्ट्रीय मन्चका सदस्य सचिव रक्षा बहादुर रैका मगर जापान अाउने पनि उनले बताए ।
साे क्रममा सांगीतिक कार्यक्रम पनि हुने र त्यसका लागि गायिका लाली बुढाथोकी मगर, गायक भुवन सिं थापा लगायतका मगर कलाकारहरूको सहभागिता रहने बताइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै