बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा दुई श्रष्ठा सम्मानित

मङ्गलबार, ०३ साउन २०७४, ०७ : ३२
मङ्गलबार, ०३ साउन २०७४

-ऐश्वर्य श्रेण्ठ 
सोल - दक्षिण कोरियामा नेपाली लेखक सङ्घका अध्यक्ष तथा कवि  श्रवण मुकारुङ र कथाकार रत्नमणि नेपाल सम्मानित भएका छन् ।
नेपाली भाषा साहित्यमा श्रीवृद्धिमा टेवा पुराईरहेका ५ संस्थाले शनिबार साहित्य सांझ कार्यक्रममा सम्मान गरेका हुन् ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोरिया च्याप्टर, नेपाली साहित्य समाज कोरिया, अनलाईन वेभ टिभी, इतर आवाज र नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले संयुक्त रुपमा कविद्वयलाई अभिनन्दन तथा सम्मान गरेको हो।

सोलस्थित पूजा रेष्टुरेन्टमा भएको साहित्य सांझमा स्थानीय साहित्यकार,कोरियान साहित्यकारको बाक्लो उपस्थिती  थियो ।कोरियन कविहरू छंदेगी, ईजेवान, ईखिजु मुनाुकोपनि उपस्थिति थियो। 

कार्यक्रममा नेपाली कविताको वर्तमान अवस्था हिजो ,आज र भोलि कार्यपत्र कवि यल्जी विवशले प्रस्तुत गरेका थिए ।सो अन्तरक्रियामा बोल्दै कवि श्रवण मुकारुङले साहित्य र राजनीति एक अर्काको पुरक हुनुका साथै अत्यन्तै घनिष्ठ सम्बन्ध भएको बताए ।

कथाकार तथा प्राध्यापक रत्नमणि नेपालले हरेक राजनीतिक आन्दोलन सँगै कविहरूका कविता पनि प्रखर रुपमा बाहिर आउने मात्र नभई कविलाई स्थापित गराउने कार्यपनि भएकाले राजनीतिसँग साहित्यको गहिरो सम्बन्ध हुने बताए।

कार्यक्रम संयोजक जीवन खत्री, सभापति तथा अनेसास कोरिया च्याप्टरका अध्यक्ष्य क्रिस गुल्मेलीबाबु, नेसास कोरियाका अध्यक्ष्य यल्जी विवस, अनलाईन वेभ टिभीका ब्याबस्थापक उमेश सेरालुङले कार्यक्रमको बारेमा आ आफ्ना धारणा राखेका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप