शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मिस नेपाल नर्थ अमेरिका २०१८’ मा मोनिका घले विजयी

आइतबार, २७ साउन २०७५, ११ : ४९
आइतबार, २७ साउन २०७५

काठमाडौँ । मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् । 

प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् ।

त्यस्तै प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को प्रथम बिजेता सुजाता लामा तथा द्वितीय श्रीजना राई घोषणा भएकी छन ।

गत अगस्त ६ तारिखबाट छनोट सुरु भएको उक्त प्रतियोगिता ११ तारिखमा विजेता घोषणा गरिएको हो ।

अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता भएका थिए ।

पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दोस्रो चरणमा १० जना पुगेका थिए ।  दोस्रो चरणमा पुगेका १० मध्ये अन्तिम चरणमा पुगेका ५ मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ की बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप