शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरो खस्दा जयपृथ्वी राजमार्ग बन्द

आइतबार, २७ साउन २०७५, ११ : ५०
आइतबार, २७ साउन २०७५

बैतडी । केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ । 

बैतडीको सिगास गाउँपालिका– ९ श्रीभावरमा आज बिहान ६ः३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् । बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेकोे छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप