यस्ता छन् कागतीपानी पिउनुका फाइदा
लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ ।
यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागतीपानीले फाइदा गर्छ ।
बिहान खाली पेटमा कागतीपानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।
भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
कागतीपानीले पाचनमा सहयोग पुग्छ ।
कागतीपानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
रुघाखोकीको उपचारमा कागतीपानी उपयोगी हुन्छ ।
मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ, किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
कागतीपानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक
-
नेपाललाई जितका लागि ६० बलमा १४४ रन आवश्यक
-
एन्फा महासचिव राईमाथि कारबाहीको माग गर्दै खेलकुद मन्त्री समक्ष निवेदन
-
राष्ट्रियसभा उपस्थित भएर जवाफ दिन मन्त्रीहरूलाई अध्यक्ष दाहालको निर्देशन
-
इलाम– २ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बुलाई गर्यो माओवादीको पत्रकार सङ्गठनले कारबाही
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस