शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सोनाली बेन्द्रेसँग १५ दिन बसेर फर्किए अनुपम खेर, लेखे यस्तो भावुक मेसेज

सोमबार, २८ साउन २०७५, १० : १८
सोमबार, २८ साउन २०७५

न्यूयार्कमा क्यान्सरको उपचार गराइरहेकी सोनाली बेन्द्रेलाई बलिउडका एक दिग्गज कलाकार अनुपम खेरले भेटेका छन् । आफ्नो ट्वीटर अकाउन्टमा यसबारे जानकारी दिँदै अनुपम खेरले सोनालीलाई आफ्नो ‘हिरो’ बताएका छन् ।

न्यूयोर्कमा उनले बिताए १५ दिनः

उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘मैले सोनालीसँग केही फिल्ममा काम गरेको छु । हामी मुम्बईमा थुप्रै पटक सामाजिक कार्यक्रममा पनि भेट्ने गर्दथ्यौं । उनी सधैं एक हँसिली र स्नेही महिला हुन् । गत १५ दिनसम्म मैैले सोनालीसँग समय बिताउने मौका पाएँ । हामीले न्यूयोर्क क्वालिटी समय बितायौं । म यो सजिलै भन्न सक्छु कि उनी मेरी हिरो हुन् ।’

अनुपमको यो मेसेजले सोनालीका प्रशंसकलाई भावुक बनाएको छ ।

सोनालीले अनुपमसँग किमत, हमारा दिल आपके पास हे, ढाई अक्षर प्रेम के, दिल हि दिल मे जस्ता फिल्ममा काम गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप