बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जन्मदिन विशेषः जब श्रीदेवीलाई ‘खराब आमा’ भनेर जान्ह्वी बोल्नै छाडेकी थिइन्

सोमबार, २८ साउन २०७५, ११ : ३२
सोमबार, २८ साउन २०७५

बलिउडकी दिवंगत नायिका श्रीदेवीको अगस्ट १३ तारिखमा जन्मदिन पर्छ । यस दिन भारतीय संचारमाध्यमले उनीबारे विभिन्न समाचार प्रकाशित गरेर उनलाई विशेष याद गरिरहेका छन् ।

आफ्नो पचास वर्षे फिल्मी करियरमा श्रीदेवीले सदमा, चाँदनी, मिस्टर इन्डिया, नागिन, इंग्लिश–विंग्लिश र ममजस्ता फिल्ममा काम गरेकी छिन् । आफ्नो अन्तिम फिल्म ममको प्रोमोशनको क्रममा उनले आफ्नो  फिल्मी करियरसँग जोडिएको एक घटना सुनाएकी थिइन् ।

उनले कमल हसनसँग अभिनय गरेको फिल्म ‘सदमा’ सँग जोडिएको घटना मिडियासँग सार्वजनिक गरेकी हुन् । एक अंग्रेजी पत्रकारसँग आफ्नो अनुभव साझा गर्दै श्रीदेवीले उनकी जेठी छोरी जान्ह्वीले ६ वर्षको उमेरमा उनको फिल्म ‘सदमा’ हेरेपछि उनीसँग तीन दिनसम्म कुरा गर्न छोडेको बताइन् ।

श्रीदेवीका अनुसार सदमा हेरेपछि जान्ह्वीले उनलाई भनेकी थिइन्, ‘तपाईं खराब आमा हो र तपाईंले उनलाई (कमल हसन) राम्रो गर्नुभएन ।’

यद्यपी, श्रीदेवी ‘सदमा’ लाई त्यति उत्कट फिल्म मान्दिनन् । उनका अनुसार उक्त फिल्ममा उनले बच्चाजस्तो व्यवहार भएको एक महिलाको भूमिका निभाएकी थिइन् । श्रीदेवीले कमन हसनको भूमिका भने निकै सशक्त भएको बताएकी थिइन् ।

श्रीदेवीको ‘मम’ उनको करियरको तीन सयौं फिल्म थियो । उक्त फिल्ममा उनको भूमिकाको निकै तारिफ भएको थियो । उक्त फिल्मका लागि उनले उत्कृष्ट नायिकाको नेशनल अवार्ड पनि पाइन् तर मृत्युपश्चात् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप