शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफैले भोगेकाहरूको अनुभव : दौडले मानसिक रोग हटाउँछ

सोमबार, २८ साउन २०७५, ११ : ३७
सोमबार, २८ साउन २०७५

एजेन्सी । हाइपर एक्टिभिटी डिसअर्डर (एडीएचडी) बाट ग्रसित हुँदा वृत्तचित्र फोटोग्राफर मार्टिन एबरलिन ३० वर्षका मात्र थिए । उनले दौडेर आफ्नो समस्यालाई हल गर्ने विचार गरे ।

मार्टिन दौडसँग आफ्नो पुरानो नाता रहेको बताउँछन् ।

“दौडले मेरा सोचहरू नियन्त्रण गर्न सहयोग पु¥याएको छ । यसले मलाई जीवनमा मैले ध्यान दिनुपर्ने कुरातर्फ नजर पु¥याउन सहयोग गरेको छ,” उनले भने ।

यी फाटोग्राफरले आफूजस्तै कुद्नेहरूको कथा सङ्कलन गर्न चाहे । यसबाट उनी अरू दगुर्नेहरूमा कसरी यसप्रति आकर्षण आयो र यो कसरत तिनको पूर्व अनुभव र स्वास्थ्यसँग कसरी जोडिएको छ भन्ने जान्ने उनको उद्देश्य थियो ।

विभिन्न ठाउँ घुमेर आफूजस्तो दगुर्ने मानिसहरू भेटेर मार्टिनले एक फोटो शृङ्खला नै बनाए । यसको नाम उनले ‘दोज हु रन’ दिएका छन् ।

मिचेल बेभिन

मिचेलले सन् २०१६ नोभेम्बरबाट दगुर्न सुरु गरेकी हुन् । प्रारम्भमा उनले ‘सोफादेखि ५ किमि’ कार्यक्रमबाट सुरु गरिन् । सुरुमा उनी एक मिनेटभन्दा बढी कुद्न सक्दिनथिन् । तर उनले हार मानिनन् । अहिले उनी यस कसरतले आफूलाई विचारबाट दिएको स्वतन्त्रताबाट मख्ख छिन् ।

कुद्नुभन्दा अघि मिचेलले ‘खानासँगको खराब सम्बन्ध’सँग सङ्घर्ष गरेकी थिइन् । उनमा मानसिक स्वास्थको समस्या पनि थियो । यी दुईका प्रभावमा जनवरी २०१६ मा उनको तौल १२७ केजी थियो ।

हाल स्थानीय सहायता समूहको सहयोगले उनले ५७ केजी तौल घटाइसकिन् ।

हाल मिसेल हप्तामा दुई पटक कुद्छिन् र सजिलै १० किमि पूरा गर्न सक्छिन् ।

मिसेलले दगुर्दा उपलब्धिको भावना आउने बताइन् । साथै सास र सङ्गीतमा एकाग्र हुँदा उनी आफ्नो दुःखकष्ट भुल्छिन् ।

बेथ ल्याकेनबाई 

बेथ ल्याकेनबाई नियमित रूपमा आफ्नो बासस्थान छेउको पार्कमा जगिङ गर्छिन् । उनले आफ्नो एन्जाइटी र ओसीडी सम्हाल्नका लागि दगुर्न थालेकी थिइन् ।

उनले आफूमा ओसीडी अवरोधक सोचका रूपमा आउने बताइन् । अनि एक पटक सिर्जना भएपछि यी सोचहरूले उनमा दोषी भावना र एन्जाइटी निम्त्याउँछन् । तर दगुर्दा भने उनको दिमाग चङ्गा हुन्छ । यसले उनको ओसीडी पनि नियन्त्रण गर्न सहयोग पु¥याएको छ । कुद्न थालेदेखि उनको जीवनमा एन्जाइटीले बाधा दिएको छैन ।

कोराली फ्रस्ट

कोराली फ्रस्टले एक समय आफूले दगुर्ने कि आफ्नो बाँकी जीवन खानपानको गडबढीलाई नियन्त्रण गर्न दिने विकल्प भोगेको बताइन् । उनी दस वर्षभन्दा बढी एनोरेक्सियाबाट पीडित भइन् । 

उनले दगुर्ने विकल्प रोजिन् ।

सन् २०१६ बाट उनले दौडले कसरी उनको मानसिक स्वास्थलाई सहयोग पु¥यायो भनेर ब्लग लेख्न थालिन् । यसबाट उनले आफ्नो शरीरप्रति नयाँ भेटिएको सम्मान विकास गरिन् ।

उनी कसरतसँग थेरापीको मिश्रणले मानसिक स्वास्थ कम गर्न प्रमुख भूमिका खेल्ने विश्वास गछिन् ।

क्यारोली एक दौड क्लबकी सदस्य हुन् । पहिलो म्याराथुनको टे«निङको क्रममा उनले ब्याइफ्रेन्ड भेटिन् । 

उनले यो अविस्मरणीय दिनको सम्झनाका लागि त्यो दिन आफूले लगाएको नम्बर आफ्नो कोठामा झुण्डाएकी छिन् ।

पल सेपर्ड 

पल सेपर्ड समुद्री किनाराको छेउछेउ दगुर्छन् । दगुर्ने क्रियाले उनको दिमागलाई खुल्ला बनाउँछ । साथै यसले उनलाई बहुमूल्य आफैसँगको एक्लो समय पनि प्रदान गर्छ । 

त्यस अतिरिक्त यसले उनले पहिले भोगेको डिपे्रसन नियन्त्रण गर्न सहयोग गरेको छ ।

सन् २०१६ मा लामो नाइट सिफ्टपछि आफू निन्द्रा विमुख भएको पाए । यो असहजता उनले एक वर्षसम्म भोगे । समाधानका लागि उनले आफूलाई रक्सीमा डुबाउन थाले । उनका अनुसार यसले उनलाई झन् बढी डिप्रेसन र आत्महत्याको भावना विकास गरायो ।

२०१७ जनवरीमा एक साँझ उनले सङ्गीत कलाकार प्रोफेसर ग्रिनको अन्तरवार्ता सुने । ग्रिनले अन्तरवार्र्तामा आफ्नो पिताको निधन हुँदाको पीडाबारे बोलिरहेका थिए । पललाई अचानक आफूलाई केही भइहाल्यो भने आफ्नो सन्तान पिता (आफू) विना कसरी हुर्केला भन्ने सोच आयो । 

लगत्तै उनले एक च्यारिटीलाई सम्पर्क गरे, जसले उनलाई उनको जीवन बदल्न सक्ने कुरामा सहयोग र सुझाव प्रदान गर्ने प्रत्याभूत ग¥यो ।

दौडले आफ्नो छोरासँगको हाल बिताइरहेको रमाइलो क्षण प्रदान गरेकोमा पल कृतज्ञ महसुस गर्छन् । उनलाई जीवन भनेको एउटा खुट्टाको अघि अर्को खुट्टा राख्ने क्रिया भन्ने लाग्न थालेको छ, जुन उनी आजकल नियमित  गर्छन् ।

लुसी थ्राभ्स

लुसी थ्राभ्स दौडविनाको जीवन कल्पना गर्न नसक्ने बताउँछिन् । उनले हालसालै लन्डन म्याराथुन सहभागी भइन् । तर उनको पहिलो दौड अनुभव भने नकारात्मक दुर्घटनामा परिणत भएको थियो ।

विश्वविद्यालयमै रहँदा एक दिन उनी कुद्नको लागि निस्किइन् तर त्यो क्रममा उनलाई कारले हानिदियो । उनको दुवै हात भाँचियो ।

दुर्घटनाको कारण केही हप्तासम्म उनले घर छोड्न सकिनन् । त्यो क्रममा उनले ‘पोस्ट ट्रमेटिक स्टे«स डिसअर्डर’ अनुभव गरिन् र यसले उनको एन्जाइटी स्तर बढायो । विस्तारै यो नियन्त्रणबाहिर हँुदै गयो ।

पछि यसले अनिन्द्रा, केही भइहाल्छ कि भन्ने नित्य डर र खानपानमा समस्या उत्पन्न गरायो । यसपछि उनले आफ्नो अवस्थाका लागि मानसिक स्वास्थ क्लिनिक पुगिन् ।

सही निर्देशिका र थेरापी, स्वस्थ खाना, एन्टी–डिप्रेसेन्ट र आत्मविश्वासमा निरन्तरको वृद्धिले लुुसीले पुनः दौडने तागत विकास गरिन् ।

लुसीले आफ्नो दगुराइ आफ्नो मानसिक स्वास्थको सुधारका लागि भएको बताइन् ।

करेन जोन्स

३६ वर्षको उमेरमा करेनलाई गर्भपछि केही महिलाहरूलाई हुने डिप्रेसन भयो । उनको स्वास्थ परामर्शदाताले कसरतले सहयोग हुन्छ भन्ने सुझाव दिए । कसरतका लागि उनले दौड विकल्प रोजिन् ।

उनलाई दौडले डिप्रेसनमाथि जित हासिल गर्न मात्रै सहयोग गरेन बरु स्वास्थ खानाको संयोजनमा दौडले उनको समग्र मानसिक स्वास्थ्य तथा खुसीमै वृद्धि ग¥यो ।

पछि उनले आफ्नो सम्बन्ध–विच्छेदको समयमा समेत आफूलाई सम्हालिनन् मात्रै पर्सनल ट्रेनरको रूपमा मानिसहरूलाई तालिम दिन सकिन् ।

मरिका वेइवे–विलियम

चिकित्साकी कर्मचारी मरिकाले आफू मानसिकलगायत शारीरिक, स्वास्थ फाइदाको लागि कुद्ने बताइन् । सन् २०१६ मा उनलाई क्यान्सर भयो । त्यसयता उनी नियमित केमोथेरापीमा छिन् । उपचारले काम गरिरहेको छ । यसका लागि उनी आफ्नो शारीरिक अवस्थालाई जिम्मेवार मान्छिन् र शारीरिक सबलताका लागि दौडलाई जस दिन्छिन् ।

उनी आफ्नो घरलाई बीचमा पारेर वृत्ताकारमा दगुर्ने गर्छिन् । दगुर्दा बिरामीका कारण थाकिएला भनेर उनी यसो गर्ने गर्छिन् ।

मरिका आफ्नो दौड क्लब समुदायलाई महत्व दिन्छिन् । यो क्लबले उनलाई आत्मीय साथीहरू र व्यस्त समाजिक जीवन दिएको छ ।

यो आलेख बिबिसीबाट अनुवाद गरिएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप