शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई अर्थमन्त्रीको चेतावनी

सोमबार, २८ साउन २०७५, १४ : ४४
सोमबार, २८ साउन २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई चेतावनी दिएका छन् ।  अर्थमन्त्री खतिवडाले लघुवित्त संस्थाहरुलाई ग्रामिण क्षेत्रमा जान पनि आग्रह गरे । सोमबार काठमाडौंमा आयोजित स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार समारोहलाई सम्बोधन गदै उनले सो चेतावनी दिएका हुन् ।

डा. खतिवडाले गरिवी घटाउने लक्ष्यका साथ दुर्गम ग्रामीण क्षेत्रमा पुग्न लघुवित्त संस्थाहरुलाई आग्रह गरे । अर्थमन्त्री खतिवडाले चरम गरिवी र अभाव भएको ग्रामिण क्षेत्रमा जानका लागि स्थानीय तहसँग आवश्यक सहकार्य गर्न पनि लघुवित्त संस्थाहरुको ध्यानाकर्षण गराए । उनले गरिबीको क्षेत्रमा नेपालले केही प्रगति हासिल गरेको भएपनि त्यो समान नभएकाले धेरै गरिवी भएको ठाउँलाई लक्षित गरेर सरकारले आय–आर्जनको कामलाई अघि बढाउने योजना पनि अघि सारे । 

अर्थमन्त्री खतिवडाले गरिबी घटाउँदै लैजाने अभियानमा सरकारले लघुवित्त संस्थाहरुसँग सहकार्य गरेर अघि बढन चाहेको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले जथाभावी लगानी नगर्न पनि लघुवित्त संस्थाहरुलाई सचेत गराए । उनले सुगम क्षेत्रमा पर्याप्त वित्तिय संस्थाहरु रहेकाले दुर्गम क्षेत्रमा जान सबै तयार हुनुपर्ने आवश्यक्ता पनि औंल्याए । अर्थमन्त्री खतिवडाले व्याजदरलाई व्यवस्थित बनाउन पनि बैंक तथा वित्तिय संस्थालाई पुनः निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप