बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी कलाकार, जसको ब्रेकअपपछि पनि छ गज्जबको दोस्ती

सोमबार, २८ साउन २०७५, १५ : २५
सोमबार, २८ साउन २०७५

मुम्बई – प्रेममा ब्रेकअप भएपछि एक अर्काेसँग भेट्ने त परै जाओस् नजिक समेत पर्न मन गर्दैनन् धेरै ब्यक्ति । तर बलिउडका कलाकार भने ब्रेकअप पछि पनि एक अर्काेसँग भेटघाट गर्ने गर्दछन् । उनीहरु चलचित्र एकसाथ अभिनय गर्ने मात्र होइन, एक अर्काको लागि सहयोग समेत आदान प्रदान समेत पछि पर्दैन् । ती कलाकारको चर्चा अहिलेको बिषय हो । जो ब्रेकअप पछि पनि एक अर्काेको असल साथी बनने गरेका छन् ।

दीपिका पादुकोण र रणवीर कपूर 
दीपिका र रणवीर एक क्युट कपलको रुपमा चिनिन्छन् । यी दुबैको प्रेम चलचित्र ‘बचना ऐ हसिनो’मा टुसाएको थियो । केही समयपछि यी दुबैका बिच ब्रेकअफ भयो । यो समय यी दुबै एक अर्काेका कट्टर आलोचक बने । एक टेलिभिजन कार्यक्रममा दीपिकाले रणरको विषयमा निकै तितो शब्द  समेत बोलेकी थिइन् । तर केही समयपछि यी दुबैबीच मित्रता बढ्यो । यी दुबैले एकसाथ केही चलचित्र समेत अभिनय गरे । चलचित्र हिट पनि भयो । अहिले यी दुबैबीच राम्रो दोस्ती छ ।     

प्रियंका चोपडा र शाहिद कपूर 
प्रियंका र शाहिदले पनि ब्रेकअप पछि सबै नाता तोडेका थिए । तर  झगडाको बिषय बाहिर भने आएन । दुबै एक अर्काको बिषयमा चुप रहे । केही समयपछि दुईका बिच बोलचाल पनि सुरु भयो । यी दुबै अहिले एकसाथ समेत देखिन्छन् ।

कट्रिना कैफ र सलमान खान 
सलमान खानको गर्लफ्रेण्डको सूची निकै लामो छ । ऐश्वर्यालाई छोडेर उनको अन्य सबैसँग राम्रो सम्बन्ध अहिले पनि छ । सलमान र कट्रिना एक समय प्रेममा थिए । ब्रेकअप पछि यी दुबै एकअर्काेसँग आक्रोशित देखिन्थे । तर अहिले यी दुबै राम्रो साथी बनेका छन् । कट्रिना अहिले पनि सलमानको घरमा आवत जावत गर्दछिन् । ब्रेकअप पछि दुबै केही चलचित्रमा समेत एकसाथ देखिएका छन् ।

अनुष्का शर्मा र रणवीर सिंह 
रणवीर र अनुष्काको प्रेम ब्रेकअपको बारेमा बलिउड पूरै जानकार छ ।  यी दुबैकाबीच अहिले पनि राम्रो सम्बन्ध छ । रणबीर अनुष्कासँग काम गर्न मनपर्छ भनेर भन्ने गर्दछन् ।

अमृता सिंह र सैफअली खान 
सैफ र अमृताबीच पनि ब्रेकअप भएको थियो । तर पनि यी दुबै एकसाथ धेरै पटक देखिएका थिए । दुबैकाबीच अहिले राम्रो दोस्ती भएको अनुमान गर्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप