शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

सोमबार, २८ साउन २०७५, १६ : ३४
सोमबार, २८ साउन २०७५

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज१०प ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ स्कूलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको हो ।

गएराति करीब ९ बजे मोटरसाइकल अनियन्त्रि भएर दुर्घटना भएको थियो ।  दुर्घटनामा मोटरसाइकल उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्रीसमेत घाइते भएका छन् । पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाथ मन्दिरमा जल चढाउन गइरहेका थिए । घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप