घट्दै आएको सेयर बजार आज दोहोरो अङ्कले बढ्यो
काठमाडौँ । लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४३ विन्दुले उकालो लागेर एक हजार १७४.३७ विन्दुमा पुगेको छ ।
यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२४ विन्दुले बढेर २४७.९४ बिन्दुमा पुगेको छ ।
आज कूल १५७ कम्पनीको पाँच लाख ३३ हजार ४९२ कित्ता शेयर रु १६ करोड ९६ लाख ६१ हजार ४३१ मा खरिद बिक्री भएको छ । आज होटल उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर भने बढेको छ ।
होटल समूह २.५ विन्दुले घट्दा बैंकिङ ७.५४, विकास बैंक १६।२२, जलविद्युत् ३.९८, वित्त २.३६, निर्जीवन बीमा ७५.५५, उत्पादन ४.५७, अन्य ६.९७, माइक्रोफाइनान्स १५.०२ र जीवन बीमा ११०.८५ विन्दुले बढेको छ ।
आज आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी