शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपसचिव आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक भण्डारीलाई कारवाही

सोमबार, २८ साउन २०७५, २० : २८
सोमबार, २८ साउन २०७५

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विषयलाई दिएर मन्त्रालयका उपसचिव ऋषिराज आचार्यमाथि हातपात गर्ने विद्यालय निरीक्षक जीवन भण्डारीलाई कारवाही गर्ने भएको छ । 

आइतबार अपराह्न सरुवाको विषयलाई लिएर संघ तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख आचार्यमाथि हातपात गर्ने भण्डारीलाई निजामती सेवा ऐन अनुसार कारवाही गरिने बताए । 

आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै भण्डारीले उपसचिवमाथि हातपात गरेको बताइएको छ । विद्यालय निरीक्षक भण्डारीले उपसचिव आचार्यमाथि कुटपिट गर्नाका साथै मन्त्रालयको गमला र फर्निचरसमेत तोडफोड गरेको अभियोग लगाइएको छ ।

 सरुवाका विषयमा आइतबार हातपात भएपछि आज मन्त्रालयमा भीडभाड देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप