बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भवती युनाले अमेरिकाबाट भनिन्, ‘म थप सुन्दर भएकी छु’

मङ्गलबार, २९ साउन २०७५, ०९ : २७
मङ्गलबार, २९ साउन २०७५

एक समय नेपाली चलचित्रकी चर्चित नायिका युना उप्रेती आमा बन्दै छिन् । विगत पाँच वर्षदेखि अमेरिका बस्दै आएकी युना २५ हप्ताकी गर्भवती छिन् ।

अमेरिका पुगेर विकास अधिकारीसँग विवाह गरेकी युनाले यसबारे फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

पाँच वर्ष अघि विवाह गरेकी युनाले आमाको रुपमा आफ्नो जन्म भइसकेको बताएकी छिन् । उनले सोमबार फेसबुकमा लेखेकी छिन्, ‘मेरो बच्चाले मलाई आमाको रुपमा जन्माइसकेको छ । यो निकै सुन्दर आशिर्वाद हो । धेरै कुरा परिवर्तन भइरहेको छ । मैले आफूलाई थप बलियो, सुन्दर, मायालु र शक्तिवान् पाएकी छु । हामीलाई माया र आशिर्वाद दिइरहनुहोला ।’

१४ वटा फिल्ममा काम गरेपछि अमेरिका हानिएकी युनाको उतै घरजम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप