सचिनको 'मापसे'मा एलिसा र विनोदको जोडी
काठमाडौं - गायक सचिन राईको 'मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । नेपालमा लेखपढ भएका बेरोजगार युवाहरुको गुनासो सरकासमक्ष देखाउन खोजिएको छ । गीतमार्फत वेराजगार युवालाई रोजगार दिलाऔँ, नत्र नेपालमा युवाहरु नराम्रो बाटोतिर लाग्नेछन् भन्ने सन्देश गीतमा छ ।
भिडियोमा चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको अभिनय छ । सचिनको आवाजमा रहेको गीतलाई राज खड्काले लेखेको हुन् भने रमेश खड्काले संगीत भरेका छन् ।
विनोद गुरुङ भुजेलको एरेन्ज रहेको गीतको भिडियो निर्माण नवराज भट्टराईले गरेका हुन् ।
काठमाडौंको बालाजुमा छायांकन गरिएको भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् ।
एक दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेका सचिन ‘खोजि प्रतिभा - सिजन २’ सेकेण्ड रनरअप समेत हुन् ।
खोटाङमा जन्मिएका सचिनले यसअघि ढाकाको चोलीमा, सिसि क्यामेरा लगायतका गीतहरु बजारमा ल्याईसकेको छन् ।
भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह