शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आज प्रयोग गर्नुहोस् यी रङ र अंक

मङ्गलबार, २९ साउन २०७५, ०९ : ५२
मङ्गलबार, २९ साउन २०७५

कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०४-२९) कस्तो रङ र अंक प्रयोग गर्ने ? 

 

मेष राशि हुनेहरुका लागि प्रतिष्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । न्याय क्षेत्र सँग सम्बन्धित न्याधिस,वकिल तथा पत्रकार,व्यापारी र बिद्यार्थीहरुका लागि समय फलदायि रहनेछ । रातो रङको प्रयोग गर्नुहोला । शुभ अंक १ र ७ रहेकोछ भने ऊँ सखये नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

बृष राशि भएका व्याक्तिहरुका बिद्या भावमा गोचर गर्ने चन्द्रमाले पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ । बिद्यार्थी,पत्रकार,राज्यको नजिक रही काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । शेयर बजारमा काम गर्नुहोला मनग्गे धन आर्जन गर्न सकिनेछ । सेतो रङको प्रयोग गर्नुहोला । आजको लागि शुभ अंक २ र ५ रहेकोछ भने ॐ जयायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 

 

मिथुन राशि भएका व्याक्तिहरुका लागि शुख भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले घर जग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रयत्न गर्दा राजनितिज्ञ,समाजसेवी  तथा कृषकहरुका लागि समय फलदायि रहनेछ । निलो रङ प्रयोग गर्नुहोला । ॐ कमलायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ  । ३ र ९ अंक प्रयोग गर्नुहोला दिन शुभ रहनेछ । 

 

कर्कट राशि भएका व्याक्तिहरुका लागि पराक्रम भावमा गोचर गर्ने चन्द्रमाले छोटो दुरिको रमाइलो यात्राको गर्न सकिनेछ । लेखन तथा साहित्य,खेलाडी,तथा बिद्यार्थीहरुका लागि समउ उत्तम रहेकोछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सेतो रङ प्रयोग गर्नुहोला । ॐ त्रिपूरान्तकाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ४ अंकको प्रयोग गर्नुभयो भने दिन शुभ रहनेछ । 

 

सिंह राशि भएका व्याक्तिहरुका लागि धन स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन सम्पति आर्जन गर्न सकिनेछ । बोलेर गर्ने कुनै पनि कामबाट मनग्गे लाभ लिन सकिनेछ । कुटुम्बबाट बिषेश सहयोग प्राप्त हुनेछ ।  कफि रङको प्रयोग गर्नुहोला । ॐ वीरुपाक्षाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

कन्या राशि भएका व्याक्तिहरुका लागी समय उत्तम रहेकोछ । भौतिक तथा बिलाशी बस्तुको प्रयोग मार्फन मनग्गे धन सम्पति कमाउँन सकिनेछ । व्यापारी,राजनितिज्ञ,पत्रकार,बिद्यार्थी र माया प्रेम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । हरियो रङको प्रयोग गर्नुहोला ।  ॐ अचलायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 

 

तुला राशि भएका व्याक्तिहरुका लागि खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । कुटनिति तथा बिदेशमा बसेर काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । विदेशी लगानिबाट सञ्चालित सस्थामा नयाँ काम पाउँने योग रहेकोछ । सेतो रङको प्रयोग गर्नुहोला ।  ॐ प्रभायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । आजको लागि शुभ अंक ३ र ७ रहेकोछ ।

 

बृश्चिक राशि भएका व्याक्तिहरुका आए भावमा गोचर गर्ने चन्द्रमाले प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन सम्पति जोड्न सकिनेछ । पैत्रिक सम्पतिको भरपुर प्रयोग गर्न पाईनेछ । दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । रातो रङको प्रयोग गर्नुहोला । ॐ गणेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । आजको लागि शुभ अंक २ र ९ रहेकोछ ।

 

धनु राशि भएका व्याक्तिहरुका लागि राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापारी,राजनितिज्ञ,कृषि तथा पशुपालन व्यावसायी तथा खेलाडीको लागि समय उत्तम रहेकोछ । प्याजी रङ प्रयोग गर्नुहोला । आजको लागि ॐ मोदकप्रियाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला । आजको लागि शुभ अंक २ र ६ रहेकोछ । 

 

मकर राशि भएका व्याक्तिहरुका लागि भाग्य भावमा गोचर गर्ने चन्द्रमाले खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि सकारात्मक नतिजा हात पार्न सकिनेछ । भाग्यले साथ दिने हुदा हरेका क्षेत्रका व्याक्तिहरुका लागि आजको दिन राम्रो रहेकोछ ।  निलो रङको प्रयोग गर्नुहोला । ॐ सर्वज्ञाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन उत्तम रहनेछ । १ र ४ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 

 

कुम्भ राशि भएका व्याक्तिहरुका लागि कष्ट भावमा गोचर गर्ने चन्द्रमाले आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढनेछ । लामो दुरिको समुन्द्र पारको यात्रा गर्नेहरुका लागि समय उत्तम रहेकोछ । गोप्य सुचना चुहिने सम्भावना रहेकोछ । सेतो रङ प्रयोग गर्नुहोला । ॐ प्रजापतये नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  २ र ३ अंकको प्रयोगले आजको दिन राम्रो हुनेछ । 

 

मिन राशि भएका व्याक्तिहरुका लागि व्यापार भावमा गोचर गर्ने चन्द्रमाले सानो लगानिबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । व्यावसायिक यात्रा गर्नेहरुका लागि समय उत्तम रहेकोछ । राज्यको नजिक रही काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । सुन्तला रङको प्रयोग गर्नुहोला । ॐ अनन्ताय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ भने ४ र ६ अंकको प्रयोग गर्नुहोला ।

ज्योतिषी डिपी भण्डारि 

फोन नं.९८०८३७२०७५

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप