बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कसले रोक्यो निगमको ‘वाइडबडी’को उडान ? : दिल्ली उडाउँदा घाटा मात्रै

मङ्गलबार, २९ साउन २०७५, १० : ११
मङ्गलबार, २९ साउन २०७५

काठमाडौँ । यतिबेला नेपाल एअरलाइन्ससँग जम्मा १३ वटा विमान सञ्चालनमा रहेका छन् । १३ वटामध्ये हाल ४ वटा विमानले विदेशी गन्तव्यमा उडान भरिरहेका छन् भने बाँकी विमानले स्वदेशी भूमिमा सेवा दिइरहेको छ ।

हाल थाइल्यान्ड, मलेसिया, दोहा, हङ्कङ र दुबईमा उडान भरिरहेको छ । तर निगमसँग अन्तर्राष्ट्रिय उडान भर्नका लागि आवश्यक मात्रामा विमान नभएको भन्दै सर्वत्र आलोचना हुन थालेपछि निगमले भर्खरै मात्र २ वटा वाइडबडी विमान पनि खरिद गर्यो । 

२ सय ७४ सिट क्षमताका दुईवटा वाइडबडी ए ३३०–२०० विमान काठमाडौँमा आइसकेको छ । निगमको दुईवटा वाइडबडीमध्ये पहिलो वाइडबडी ‘अन्नपूर्ण’ विमान गएको असार १४ गते काठमाडौँमा अवतरण गरेको थियो । 

त्यसैगरी निगमले दोस्रो वाइडबडी विमान ‘मकालु’ पनि साउन ११ गते काठमाडौंमा अवतरण भइसकेको छ । अगस्ट १ तारिकबाट व्यावसायिक उडान सुरु गर्ने भनिए पनि निगमको एउटा वाइडबडी मकालुको उडान सुरु हुन सकेको छैन भने दोस्रो विमान अन्नपूर्ण पनि अझै पनि क्रु क्लिरेन्सकै क्रममा रहेको छ । 

किन भएन वाइडबडीबाट व्यावसायिक उडान ?

अहिले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा सहज तबरबाट सेवा दिन भन्दै २ वटा वाइड बडी विमान ल्याएर राखेको छ । तर यी दुई विमानमध्ये पहिलो विमान अन्नपूर्णले भारतमा मात्रै उडान भरिरहेको छ । त्यो उडान पनि क्रु क्लिरेन्सका लागि मात्रै भएको नेपाल एअरलाइन्सका सहायक प्रवक्ता शैलेस कंशाकारले बताए । 

निगमले निकै तामझामका साथ अगस्ट १ अर्थात् साउन १६ गते वाइडबडी विमान ए ३३०–२०० बाट कतारको राजधानी दोहामा पहिलो उडान भरेको थियो । तर त्यो विमान दोस्रो पटक दोहा पुग्न सकेको छैन । विमानका क्याप्टेन, कोपाइलट, क्रु मेम्बर आदि अभ्यस्त नभएको भन्दै अहिले निगम उनीहरूलाई अभ्यस्त बनाउनमै केन्द्रित छ । 

अहिले निगमले आफ्नो वाइडबडी विमानबाट दिल्लीमा मात्रै उडान भरिरहेको छ । २ सय ७४ सिट क्षमताको ए३३०–२०० वाइडबडी विमानले उडान सुरु गरेको दुई साता हुँदा पनि अझै क्रु क्लिरेन्सका लागि मात्रै उडान भरिरहेको छ । दिल्लीमा उडान भर्दा निगमलाई घाटा मात्रै लाग्छ । 

के हो क्रु क्लिरेन्स ?

यतिबेला नेपाल एअरलाइन्सले आफ्ना सदस्यहरू वाइडबडी विमानको क्रु क्लिरेन्सका क्रममा रहेको बताएको छ । निगमका सहायक प्रवक्ता शैलेस कंशाकारका अनुसार निगमको पहिलो वाइडबडी विमान अन्नपूर्णले साउन गतेदेखि नियमितरूपमा भारतमा क्रु क्लिरेन्सका लागि उडान भरिरहेको छ । ‘क्रु क्लिरेन्स’ भन्नाले विमानका क्रु मेम्बर (स्टेवार्ड र एअर होस्टेस्) हरूलाई विमानबारे सम्पूर्ण जानकारी हुन लाग्ने समय भन्ने बुझिने नेपाल एअरलाइन्सले बताएको छ । 

दिल्लीमा उडाउँदा घाटा मात्रै

अहिले निगमले आफ्नो वाइडबडी विमानबाट दिल्लीमा मात्रै उडान भरिरहेको छ । २ सय ७४ सिट क्षमताको ए३३०–२०० वाइडबडी विमानले उडान सुरु गरेको दुई साता हुँदा पनि अझै क्रु क्लिरेन्सका लागि मात्रै उडान भरिरहेको छ । दिल्लीमा उडान भर्दा निगमलाई घाटा मात्रै लाग्छ । 

अहिले दिल्लीमा दुईतर्फी उडान भर्दा नेपाल एअरलाइन्सले करिब १८ हजार शुल्कमा उडान भरिरहेको छ । यो इकोनोमी क्लासको ‘लो फेयर’ हो । जबकि यो मूल्यमा उडान भर्दा निगमलाई घाटा मात्रै लाग्छ । अहिले यो मूल्यको आधा मूल्य त एअरलाइन्सले करबापत नै बुझाउनुपर्छ । दिल्लीको उडान भर्दा लिने १८ हजारमध्ये करिब ९ हजार फ्युल चार्ज, एअरपोर्ट डेभलपमेन्ट फी, इन्स्योरेन्स र प्यासेन्जर सर्भिस चार्जमै खर्च हुने गरेको छ । बाँकी रकमले निगमको ‘कस्टिङ’ धान्न सक्दैन । 

दिल्लीमा उडान भर्दा अधिकांश टिकट लो फेयरमा मात्रै बिक्री हुने गरेको छ । बिजनेस क्लासको पैसाले केही आम्दानी हुने भए पनि बिजनेस क्लास अधिकांश समयमा आधा पनि भरिन सक्दैन ।

यद्यपि निगमले भने अझै पनि दिल्लीमा मात्रै करिब ७० प्रतिशत अकुपेन्सीमा उडान भरिरहेको छ । जबकि विमानको अकुपेन्सी ८० प्रतिशत नभएसम्म त्यसलाई राम्रो मान्न नसकिने निगमका सहायक प्रवक्ता कंशाकार बताउँछन् । 

एअरलाइन्सको वेभसाइटमा त्यस समयको टिकटको मूल्य ३७ हजार ८४ रुपियाँ देखाएको छ । जबकि थाइल्यान्डको राउन्ड ट्रिपको एभरेज प्राइस करिब २७ हजार नेपाली रुपियाँ हो तर नेपाल एअरलाइन्सको सिस्टममा सस्तो मूल्यको सबै टिकट ‘बुक’ देखिन्छ । यद्यपि इकोनोमी क्लासको सबै टिकट बिक्री भइसकेको भने होइन ।  तर यही मितिमा उडान गर्न अन्य एअरलाइन्सको शुल्क हेर्ने हो भने करिब २३ हजारको हाराहारीमा भेटिन्छ । जब २३ हजारमै उही सेवा अझ राम्रो विमानबाट पाइन्छ भने कसले हाल्छ १४ हजार बढी अर्थात् ३७ हजार ? 

एओसी नै पाएन दोस्रो वाइडबडीले

निगमसँग भएको दुईवटा वाइडबडी विमानमध्ये साउन ११ गते आएको मकालु विमानको त ‘पुफिङ फ्लाइट’सम्म हुन सकेको छैन । पुफिङ फ्लाइट भन्नाले परीक्षण उडान भन्ने बुझाउँछ । त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उड्डयनयोग्य पत्र अर्थात् एओसी चाहिन्छ । यो विमानले अझै प्राधिकरणबाट एओसी पाएको छैन ।

श्रमले दिएन वर्क परमिट

अहिले निगमसँग भएको दोस्रो वाइडबडी विमान उडाउनका लागि दक्ष पाइलट नै छैनन् । अहिले स्वदेशमै भएका केही पाइलटहरूलाई तालिम दिएर अपग्रेड गर्ने तयारी गरिए पनि केही समय वा करिब १ वर्षका लागि प्रशिक्षक पाइलट आवश्यक भएको निगमको भनाइ छ । 

नयाँ विमानको उडानका लागि केही समय इन्स्ट्रक्टर पाइलट अर्थात् प्रशिक्षक पाइलटको आवश्यकता पर्छ । तर नेपालमा आवश्यक मात्रामा प्रशिक्षक पाइलट नभएकाले त्यसका लागि विदेशबाट नै प्रशिक्षक पाइलट (आईपी) ल्याउनुपर्ने हुन्छ । 

निगमले तत्कालका लागि सीधै वा एजेन्सीमार्फत् केही आईपीलाई नेपालमा ल्याएर वाइडबडी विमान उडाउने र त्यहीबीचमा नेपालमा रहेका स्वदेशी पाइलटहरूलाई तालिम दिई अपग्रेड गराउने तयारी गरेको थियो ।

त्यसका लागि निगमले विभिन्न देशबाट नेपालमा काम गर्नका लागि आउन तयार भएका विदेशी पाइलटको बायोडाटा र कागजात श्रम विभागमा बुझाएको छ । तर श्रम विभागबाट अझै पनि ती कागजातमाथि अनुसन्धान भइरहेको भन्दै श्रम स्वीकृति दिइएको छैन । जसका कारण प्रशिक्षक पाइलट ल्याएर वाइडबडी विमान उडाउन निगमलाई समस्या भइरहेको छ । 

अन्य एअरलायन्सले गरे चलखेल !

त्यसो त नेपाल एअरलाइन्सले २ वटा १ सय ५८ सिट क्षमताको न्यारो बढी र २ वटा २ सय ७४ सिट क्षमताको वाइडबढी विमान ल्याएर उडान सुरु गर्न लागेपछि निजी विमान कम्पनीहरू भने आत्तिएका छन् । हाल अन्तर्राष्ट्रिय उडान भर्नका लागि निगमसँग ५ वटा विमान छन् । जसमा एउटा बोइङ ७५७, २ वटा ए ३२०–२०० र २ वटा ए ३३०–२०० विमान रहेका छन् । यदि ५ वटै विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु भएमा केही गन्तव्यमा निजी विमान कम्पनीलाई हानी हुन सक्छ । 

हाल निगमका लागि आकर्षक गन्तव्य मानिएको मलेसिया, दुबई, दोहा, थाइल्यान्ड र भारतमा उडान भर्ने विमान कम्पनीहरूका लागि यो खतराको सूचक हुन सक्छ । त्यही कारण पनि निजी विमान कम्पनीहरूले आफ्नो ‘स्वर्ग’ रहेका गन्तव्यहरूमा उडान भर्न नदिने गरी लबिङ गरिरहेका छन् । मुख्यतः मलेसिया, थाइल्यान्ड, दुबई तथा भारत उडान रोक्न वा नियमित हुन नदिन निजी विमान कम्पनीहरूले चलखेल गरिरहेका छन् । 

एडीएममा हुन्छ चलखेल

एअरलाइन्सहरूले आफ्नो टिकट बिक्रीका लागि विभिन्न ट्राभल्स एजेन्सीहरूलाई एडीएम दिएका हुनछन् । एडीएम अर्थात् एजेन्सी डेबिट मेमो यस्तो सुविधा हो जहाँ ट्राभल्स एजेन्सीहरूले टिकट होल्ड गरेर राखिदिन सक्छन् । 

मुख्य गन्तव्य वा टुर प्याकेज चल्ने गन्तव्यहरूमा ट्राभल एजेन्सीहरूले डेबिट मेमोका आधारमा टिकट बुक गरेर राखिदिएका हुन्छन् । टिक बुक भएपछि सिस्टममा टिकट देखिँदैन । अनि टिकट सकिएको आभास हुन्छ । 

टिकट बुक गर्न यस्ता एजेन्सीहरूलाई एक रुपियाँ पनि लाग्दैन र पछि क्यान्सिल गर्न चाहे पनि सहज ढङ्गबाट क्यान्सिल गर्न सक्छन् । निजी विमान कम्पनीहरूले यस्तोमा बढी चलखेल गर्ने गरेका छन् । 

निजी एअरलाइन्सका व्यक्तिहरूको ट्राभल एजेन्सीमार्फत् नेपाल एअरलाइन्सको टिकट बुकिङ गराउने र अन्तिम समयमा क्यान्सिल गरिदिने । क्यान्सिल गर्दा शुल्क नलाग्ने भएपछि उनीहरूलाई कुनै क्षति हुने भएन । 

निगमले अब चाँडै नै दुईवटै वाइडबडी विमानबाट जापान र कोरियामा पनि उडान भर्ने तयारी गरेको छ । न्यारो बडी विमानको नियमित उडानको समय करिब ५ घण्टा ३० मिनेट हुन्छ । तर वाइडबडी विमानको उडान समय करिब ११ घण्टा हुने निगमका सहायक प्रवक्ता शैलेस कंशाकार बताउँछन् । जसका कारण न्यारो बडीले जापान र कोरियामा उडान भर्न नसकेको उनको तर्क छ ।

तर नेपाल एअरलाइन्सको टिकट होल्ड गरेर राख्ने र आफ्नो सबै टिकट बेचेपछि निजी एअरलाइन्सले यस्ता ट्राभल एजेन्सीहरूलाई पैसा दिने गर्छन् । जसका कारण एकातिर एअरलाइन्सले पैसा कमाइरहेको हुन्छ भने ट्राभल एजेन्सीहरूलाई पनि राम्रै आम्दानी हुन्छ । 

यता नेपाल एअरलाइन्सको विमान भने आधा प्यासेन्जर पनि नबोकी उड्न बाध्य हुन्छ । जसका कारण नेपाल एअरलाइन्स सधैँ घाटामा उड्न बाध्य हुन्छ भने निजी एअरलाइन्सहरू मालामाल भइरहेका हुन्छन् ।

यसरी गरिन्छ गडबड

अगस्ट १३ तारिकको मितिमा नेपाल एअरलाइन्सको सिस्टम चेक गर्दा जे देखियो, त्यहीँबाट थाहा हुन्छ कसरी डुबाइन्छ निगमलाई भनेर । हामीले अगस्ट २७ तारिखमा बैङ्कक जाने र अगस्ट ३१ तारिखमा काठमाडौँ फर्कने गरी टिकट सर्च गर्यौँ । एअरलाइन्सको वेभसाइटमा त्यस समयको टिकटको मूल्य ३७ हजार ८४ रुपियाँ देखाएको छ । जबकि थाइल्यान्डको राउन्ड ट्रिपको एभरेज प्राइस करिब २७ हजार नेपाली रुपियाँ हो तर नेपाल एअरलाइन्सको सिस्टममा सस्तो मूल्यको सबै टिकट ‘बुक’ देखिन्छ । यद्यपि इकोनोमी क्लासको सबै टिकट बिक्री भइसकेको भने होइन । 

तर यही मितिमा उडान गर्न अन्य एअरलाइन्सको शुल्क हेर्ने हो भने करिब २३ हजारको हाराहारीमा भेटिन्छ । जब २३ हजारमै उही सेवा अझ राम्रो विमानबाट पाइन्छ भने कसले हाल्छ १४ हजार बढी अर्थात् ३७ हजार ? 

अहिले बुक गरेर राखिएको विमानको टिकट के २७ अगस्टमा पूरै इस्यु हुन्छ वा लास्ट आवरमा क्यान्सिल गरिन्छ ? समस्या यहीँ नै हो । अहिले सस्तो टिकट सबै होल्ड गरेर राखिदिने र निजी विमान कम्पनीको सिट भरिएपछि मात्रै ओपन गर्दा नेपाल एअरलाइन्सको विमान अकुपेन्सी नपुगी उड्ने र अन्य कम्पनीका विमान भरिभराउ हुने अवस्था आउँछ । पीएनआर अर्थात् टिकट ‘होल्ड’मै राखिदिएबापत् नेपाल एअरलाइन्सका कर्मचारीले पनि कमिसन पाउने गरेको नक्सालस्थित एक ट्राभल्स एजेन्सीको दाबी छ । टिकट होल्ड गरेर राखिदिएबापत् निगमका कर्मचारीलाई प्रतिसिट १ हजार रुपियाँ कमिसन ट्राभल एजेन्सीमार्फत् निजी विमान कम्पनीले दिने गरेको ती टुर व्यवसायीको दाबी छ । 

कहिले हुन्छ जापान र कोरियामा वाइडबडीको उडान ?

निगमले अब चाँडै नै दुईवटै वाइडबडी विमानबाट जापान र कोरियामा पनि उडान भर्ने तयारी गरेको छ । न्यारो बडी विमानको नियमित उडानको समय करिब ५ घण्टा ३० मिनेट हुन्छ । तर वाइडबडी विमानको उडान समय करिब ११ घण्टा हुने निगमका सहायक प्रवक्ता शैलेस कंशाकार बताउँछन् । जसका कारण न्यारो बडीले जापान र कोरियामा उडान भर्न नसकेको उनको तर्क छ । कंशाकारका अनुसार पाइलट र उडान अनुमतिपत्र सबै पाएपछि ढिलोमा जनवरी १ बाट जापान र कोरियामा पनि व्यावसायिक उडान भर्ने निगमको योजना रहेको छ ।

जापान र कोरियामा ढिलो भए पनि अब दोहा, दुबई, हङ्कङ, मलेसियालगायतका गन्तव्यमा भने अब चाँडै नै वाइडबडी विमानबाट उडान भर्ने निगमले दाबी गरेको छ । हाल उडानमा रहेको वाइडबडी अन्नपूर्णले चाँडै नै अन्य गन्तव्यमा उडान भर्ने र मकालुले सेप्टेम्बर १ बाट व्यावसायिक उडान भर्ने निगमको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप