बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा नेक्सोनलाई क्र्यास टेस्टमा फोर स्टार

मङ्गलबार, २९ साउन २०७५, १० : ३३
मङ्गलबार, २९ साउन २०७५

काठमाडौँ । टाटा कम्पनीको नेक्सोन एसयूभी कारलाई ग्लोबल एनक्याप (न्यू कार एसेसमेन्ट प्रोग्राम)द्वारा गरिएको क्र्यास टेस्टमा ४ स्टार मिलेको छ । टाटा नेक्सोनको एडल्ट सेफ्टीका लागि ४ स्टार मिलेको छ, जुन राम्रो रेटिङ हो । त्यसैगरी टाटा नेक्सोनलाई चाइल्ड सेफ्टीका लागि ३ स्टार मिलेको छ । 

एनक्यापको तर्फबाट जर्मनीको म्युनिखमा उक्त टेस्ट गरिएको थियो । टाटा नेक्सनेनको ६४ केएमपीएच स्ट्यान्डर्ड फ्रन्टल अफसेट टेस्ट भएको थियो । जसमा एनक्यापको टेस्ट रिजल्ट सकारात्मक आएको छ र कार स्टेबल भएको बताइएको छ । नेक्सन एसयूभीले भारतको सबैभन्दा सुरक्षित गाडीको उपमा पनि पाएको छ । 

नेक्सोन एसयूभी टाटाको सफल गाडीमा परेको छ । एनक्याप क्र्यास टेस्टमा यो पनि भनिएको छ कि टाटा नेक्सोन दुर्घटना वा कतै ठोकिएमा ड्राइभर र प्यासेन्जरको टाउको, गर्धन र छाती सुरक्षित रहन्छ । 

टाटा नेक्सोनमा सबै इन्जिन वा गियरबक्सको विकल्पका साथसाथै भिन्न भेरिएन्ट्समा डुअल एयरब्यागको विशेषता पनि छ । नेक्सोनको सबै मोडलमा प्री टेन्सनर्सको साथै सिट बेल्ट, बच्चाको सिट, एक्रोरेन्ज र एबीएस सुविधाहरू छन् । सबै मोडलमा उच्च कोटिको सुरक्षा उपकरणहरू भएकाले यसलाई उत्कृष्ट गाडीको संज्ञा दिइएको हो ।  

परीक्षणमा के पाइएको छ भने गाडीको अगाडिको भाग र पछिको भाग सबै सुरक्षित छ । यदि गाडी दुर्घटना भएमा मानवीय क्षति हुनबाट जोगिनेछ । 

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले गत फेब्रुअरी २०१८ मा जेन–नेक्स्ट लाइफ स्टाइल एसयूभी टाटा नेक्सन नेपालमा भित्र्याएको थियो । सर्वोत्कृष्ट टेक्नोलोजी र सुविधाहरू भएको टाटा नेक्सोन टाटा मोटर्सको उत्कृष्ट डिजाइनमा आधारित चौथो उत्पादन हो । स्पोर्टी लुक दिइएको नेक्सोनले नेपालमा निकै राम्रो मार्केट लिएको सिप्रदीले बताएको छ ।

यो गाडी नेपालमा पेट्रोल र डिजेल दुवै भेरियन्टमा उपलब्ध छ । गाडीको ७५ हजार किमि अथवा ३ वर्षको वारेन्टीसहित बिक्री वितरण सुरु गरिएको हो । टाटा नेक्सनका गाडीहरू नेपालमा रातो, निलो, सिल्भर, खैरो र सेतो रङमा उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप