शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनय छोडेर धर्मगुरु बनेका थिए जोनी लिभर, यसकारण भएको थियो जेल सजायँ

मङ्गलबार, २९ साउन २०७५, १२ : २४
मङ्गलबार, २९ साउन २०७५

जोनी लिभरको आज अर्थात् अगस्ट १४ तारिखमा जन्मदिन हो । उनको वास्तविक नाम जोन राव जानूमाला हो । हिन्दुस्तान लिभरमा काम गरेका कारण उनलाई जोनी लिभर भन्न थालिएको थियो । थुप्रै फिल्ममा हाँस्यकलाकारको रुपमा काम गरिसकेका जोनीले एक पटक पूर्ण रुपमा फिल्ममा अभिनय गर्न छोडेका थिए । त्यतिबेला उनको धर्म र आध्यात्मतर्फ झुकाव थियो ।

जोनी धर्म उपदेशक बनेका थिए । मुम्बई, चेन्नई र अमेरिकामा हरेक आइतबार हुने उनको प्रार्थना सभामा सयौं मानिस भेला हुने गर्दथे ।

जोनी लिभरले अभिनय छोडेर अध्यात्मतर्फ लाग्नुको कारण बताउँदै भनेका थिए, ‘यो ईश्वरको इच्छा थियो । म एक धार्मिक व्यक्ति हुँ । तर एउटा घटनाले मेरो जीवनमा परिवर्तन ल्यायो । मेरो छोरालाई क्यान्सर लागेको थियो । म निकै तनावमा र लाचार थिएँ । मैले फिल्ममा काम गर्न छोडेको थिएँ ।’

जोनीले थपे, ‘म आफ्नो पूरा समय ईश्वरको प्रार्थनामा लगाउने गर्थे । त्यसपछि १० दिनपछि मैले छोरालाई उपचारका लागि लिएर गएँ । डाक्टरले मलाई बताए कि मेरो छोरा खतरा मुक्त छ । अब उनी क्यान्सरमुक्त छन् । यहाँबाट मेरो जीवनमा परिवर्तन आउन सुरु भएको हो । ’

जोनी लिभरले भनेका थिए, ‘म रोमन क्याथोलिक हुँ तर मैले कहिले पनि बाइबल पढेको थिइनँ । अब मैले यसलाई पढिसकेको छु । मलाई लाग्छ कि ईश्वरको प्रार्थनले तपाईंको जीवनमा चमत्कार हुनसक्छ ।’

उक्त घटनापछि जोनीले अब उनी कहिले पनि अश्लिल र दोहोरो अर्थ लाग्ने फिल्ममा अभिनय नगर्ने निर्णय गरेको बताए । उनले भनेका थिए, ‘यो साँचो हो कि यस्तो प्रकारको फिल्मले मलाई स्टार बनायो तर म सधैं यस्ता डाइलग र दृश्यका विरोधी हुँ ।’

जोनी लिभरको बाल्यकाल निकै कष्टप्रद रह्यो । एक पटक उनले विद्यालयमा शुल्क तिर्न नसक्दा उनलाई निकालिएको थियो । त्यसपछि उनले निकै अचम्मको जागिर खानुपर्यो । सन् १९९९ मा एक नीजि समारोहमा झण्डाको अपमान गरेका कारण उनलाई सात दिनको सजायँ पनि तोकिएको थियो । त्यसपछि उनले माफी मागे र उनको सजायँ घटाएर एक दिन बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप